बिरगंज । पर्सा क्षेत्र १ (ख) मा पाच दलिय लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरु प्रतिनिधिसभा का उम्मेदवार लोसपा का लक्ष्मणलाल कर्ण र प्रदेशसभा का उम्मेदवार नेपाली काङ्ग्रेसका रामनारायण कुर्मी को संयुक्त घरदैलो कार्यक्रम को आयोजना आज बिरगंज १६ इनर्वामा घर घरमा पुगेर मतदाताहरु संग भेटघाट गर्दै जित को आशिर्वाद लिएका छन ।
सो घरदैलोमा नेपाली काङ्ग्रेस को नेतृत्वमा पाँच दलका नेता , महिला ,युवा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो । पाँच दलमा रहेका काँग्रेसका नेता एवम् मधेस प्रदेशका पुर्ब प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले पनि कर्णको लागि घरदैलोमा सहभागी भई मत मागेका छन ।लोसपाका नेता कर्णलाई भारी बहुमतले जिताउन शर्मा उनीसँगै घरदैलो कार्यक्रममा निस्केका हुन ।
घरदैलो कै क्रममा दुबै उम्मेदवारहरुले मधेसका जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने तत्वहरुको नक्कलि चेहरा जनताको सामु उजागर भैसकेकोले त्यस्ता भ्रष्टाचारी बहुरुपिया गठबन्धनलाई यसपटक जनताले परास्त गर्ने जिकिर गर्नुभयो ।
उहाँहरुले अहिलेको नेपाली काङ्ग्रेसको नेतृत्वको ५ दलिय बाम लोकतान्त्रिक गठबन्धनल देश जनता लोकतन्त्र संविधान लाई बचाउदै बिकास समृद्धि तिर देश लाई लगिरहेकोले तपाईं सम्पूर्णले हातेमालो गरि ५ दलिय गठबन्धन का उम्मेदवारहरु लाइ अत्यधिक मत दियेर बिजयी बनाउन आजको आवस्यकता रहेको भन्दै आआफ्नो अमुल्य मत दिन आग्रह गरेका छन ।
दुबै उम्मेदवारहरुको आग्रहलाई वडा का अग्रज , महिला ,युवा मतदाताहरुले जित को अग्रिम बधाई तथा शुभकामना दियेका थिए साथै तपाईं दुबै इमानदार पढेलेखेका सुयोग्य बिद्धवान बिकासप्रेमी उम्मेदवार भएको भन्दै थप हौसला प्रदान गरेका थिए ।घरदैलोको क्रममा मतदाताहरु उत्साहित देखिएका थिए ।देशको बिकाश र सँबिधानको रक्षाको लागि बनेको पाँच दलीय गठबन्धनबाट नै बिकाश र समृद्धि सम्भव भएको उम्मेदवार कर्णले बताएका थिए ।