वीरगंज । काठमाडौंको महारागञ्ज क्षेत्रमा प्रहरीले २४ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । सोमबार र मंगलबार अपरेशन संचालन गरेर नयाँ बसपार्क, बुढानिलकण्ठ, टोखा, धुम्बाराइ र हेपाली हाइटबाट मदिरा नष्ट गरिएको प्रहरी वृत महाराजगञ्जले जनाएको हो ।
मंगलबार मात्रै साढे १० हजार लिटर घरेलु मदिरा नष्ट गरिएको छ । सोमबार ८ हजार ३ सय लिटर घरेलु मदिरा बनाउन तयार पारिएको कच्चा पदार्थ र ५६ सय तयारी मदिरा नष्ट गरिएको प्रहरी वृत महाराजगञ्जका डिएसपी अंगुर जिसिले रातोपाटीलाई जानकारी दिए ।
प्रहरीले साढे ३ क्विन्टल तोङ्बा बनाउने प्रयोग गरिने कच्चा मदिरा नष्ट गरेको छ ।