• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठोरीमा यसबर्ष क्याम्पस सञ्चालन हुने

  • वीरगंज संजाल
  • २२ कार्तिक २०७९, मंगलवार १८:५५
  • १८४५

    वीरगंज । पर्साको सुदुर पश्चिमी गाउँपालिका ठोरीमा यस वर्षदेखि स्नातक तहको अध्ययन सुरु हुने भएको छ । जिल्लाका १० ओटा गाउँपालिका मध्ये पहिलो पटक ठोरीमा स्नातक तहको अध्ययन सुरु हुन लागेको हो । यस भेगका बालबालिकाहरु उच्च शिक्षाका लागि सदरमुकाम वीरगञ्ज र पोखरीया धाउनु पर्ने बाध्यता अब अन्त्य हुने भएको छ । एक दशक अघिदेखि स्नातक तह अध्ययनका लागि पहल गरेको भएपनि यस वर्षदेखि त्रिभुवन विश्वविद्यालयले कक्षा सन्चालन गर्न सम्बन्धन प्रदान गरेपछि ठोरीको विजयवस्तीमा कक्षा सन्चालनको तयारी भईरहेको छ । त्रिभुवन विश्वविद्यालयले आङ्गिक र सम्बन्धन प्राप्त सबै शैक्षिक संस्थालाई आउँदो मङ्सिर १८ गतेदेखि स्नातक तहको अध्यापन सुरु गर्न निर्देशन दिएकाले सोही अनुसार कक्षा सन्चालन गर्न लागिएको विजयवस्ती क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए । विजयवस्ती क्याम्पसको आफ्नै भवन नभएकाले तत्कालका लागि माध्यमिक विद्यालय विजयवस्तीमा नै कक्षा सन्चालन गर्ने तयारी गरिएको उनले बताए । क्याम्पसको स्वामित्वमा भवन लगायतको भौतिक पुर्वाधारको व्यवस्था नभएसम्मका लागि तत्काल विद्यालय समयभन्दा अगावै माध्यमिक विद्यालय विजयवस्तीमा नै विजयवस्ती क्याम्पसको कक्षा सन्चालन हुनेछ । विजयवस्ती क्याम्पस व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले भने, “बिहान वा बेलुका कक्षा सन्चालन गर्ने तयारी छ, सम्भवतः बिहान नै हुन्छ होला ।”

    एकैपटक सबै सङ्कायको पठनपाठन गराउन प्राविधिक र जनशक्ति व्यवस्थापनको दृष्टिकोणले कठिन भएकाले यस वर्ष शिक्षा शास्त्र संकाय अन्तरगत मुख्य विषय नेपाली, अङ्ग्रेजी, स्वास्थ्य र जनसङ्ख्या विषयको लागि कक्षा सन्चालन गर्न लागिएको क्याम्पस प्रशासनले जनाएको छ । त्रिभुवन विश्वविद्यालयले समेत यस वर्ष शिक्षा शास्त्र सङ्कायको मात्र कक्षा सन्चालन गर्न सम्बन्धन दिएको व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष श्रेष्ठले जानकारी दिए । हुलाकी सडक निर्माण हुनु अगाडिसम्म जिल्लाकै विकट मानिने ठोरीमा सुरु हुन लागेको स्नातक तहको कक्षामा विद्यार्थीको भर्ना र खर्च व्यवस्थापनका विषयलाई लिएर चिन्ता र चासो बढ्न थालेको क्याम्पस स्थापनामा सक्रिय अगुवाहरुको चिन्ता छ । करीब एक दशक क्याम्पसको सम्बन्धन लिने प्रक्रियामा नै अल्झिनुपरेको र अब सन्चालनको विषयमा सरोकारवालाहरुसंग निरन्तर छलफल चलिरहेको क्याम्पस स्थापनाका लागि सुरुवात देखि नै क्रियाशिल अभियन्ता सन्तोष श्रेष्ठले बताए । विद्यार्थीबाट लिइने शुल्क र स्थानीय सरकारसँग समन्वय गरेर आर्थिक व्यवस्थापन गर्ने लक्ष्य लिइएको श्रेष्ठको भनाइ छ । उनले क्याम्पस सन्चालनका लागि २०६९ देखि त्रिविसंग सम्बन्धनका लागि थालेको प्रयास र प्रक्रिया विविध कारणले एक दशक पश्चात् पुरा भएको बताउँदै ठोरीको शैक्षिक इतिहासमा नै महत्व राख्ने स्नातक तहको पढाई सबै पक्षको सहयोगका कारण यसवर्षदेखि निरन्तर जारी रहने बताए । कक्षा सन्चालनका लागि बार्षिक करीब २०÷२१ लाख खर्च हुने अनुमान क्याम्पस प्रशासनले गरेको छ । मुख्यतः प्राध्यापक व्यवस्थापन र तलबभत्ता शिर्षकमा सबैभन्दा धेरै खर्च हुने क्याम्पस प्रमुख गोपिलाल श्रेष्ठले जानकारी दिए । तत्कालका लागि आन्तरिक आम्दानी नै क्यापस सन्चालनको आधार भएको उनको भनाइ छ । हाल विद्यार्थी भर्ना गर्न रु ५ हजार र मासिक रु १५ सय शुल्क कायम गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।

    ठोरीका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत योग्यता पुगेका शिक्षकहरुले पठनपाठन गराउने गरी जनशक्ति व्यवस्थापन गर्न लागिएको छ । सम्भव भएसम्म स्थानीय जनशक्ति मार्फत पठनपाठन गराउने गरी कक्षा सन्चालनको तयारी गरिएको क्याम्पस प्रमुख श्रेष्ठले बताए । विद्यार्थी भर्ना हुनका लागि फोन मार्फत सम्पर्क गरिरहेकाले यस वर्ष ५० जनासम्म विद्यार्थी भर्ना हुने क्याम्पस प्रशासनको अनुमान छ । क्याम्पस सन्चालनमा मुख्य सहयोग भने ठोरी गाँउपालिकाले गरेको छ । यस वर्ष क्याम्पस सन्चालनका लागि तत्काल आवश्यक डेस्क, बेन्च, टेबल, दराज लगायत फर्निचरका सामाग्रीहरु उपलब्ध गराउने र आगामी वर्षदेखि क्याम्पसका लागि बजेट विनियोजन गर्ने ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए । पालिकाको सहयोगका कारण पनि यस वर्ष कक्षा सन्चालन गर्न सहज भएको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ । ग्रामीण क्षेत्रमा रहेर उच्च शिक्षा प्राप्त गर्ने अवसरबाट बन्चित ठोरी, जीराभवानी लगायतका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने नै क्याम्पस स्थापनाको प्रमुख उद्देश्य रहेको क्याम्पस व्यवस्थापन समितिले जनाएको छ । हाल ठोरीमा मात्र ५ ओटा कक्षा १२ सम्म सन्चालित सामुदायिक विद्यालयहरु छन् । बर्षेनी यी विद्यालयहरुबाट १२ कक्षा उत्तीर्ण हुने कतिपय विद्यार्थीले आर्थिक अभावकै कारण उच्च शिक्षा हासील गर्न नसकेर पढाई छाड्ने गरेका छन् । १२ कक्षासम्म ठोरी गाउँपालिकाले निशुल्क पठनपाठनको व्यवस्था गरेको भएपनि त्यसपछि आर्थिक अभावले उच्च शिक्षा पढ्न नसक्ने विद्यार्थीको सङ्ख्या बढ्दै गईरहेको अवस्थामा विजयवस्ती क्याम्पसले ठुलो योगदान गर्ने यस क्षेत्रका अगुवाहरुको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑