• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बालबालिकाको प्रश्न- ‘मिस, गरीबको सपना पूरा हुन्छ कि हुँदैन?

  • वीरगंज संजाल
  • २० कार्तिक २०७९, आईतवार १४:३३
  • २१०५

    वीरगंज । “मिस, गरीबको सपना पूरा हुन्छ कि हुँदैन?” १० कक्षामा पढ्ने रामबाबु मण्डल (१६) को यो प्रश्नले कक्षालाई नै अवाक बनाइदियो। धनुषाको मिथिलेश्वर मौवाही माविमा एकदिने कक्षा लिन पुगेकी सञ्चारकर्मी सरिताश्री ज्ञवालीलाई यो प्रश्नले अशान्त बनायो।डाक्टर बन्ने चाहना राखेका रामलाई गरिबीकै कारण आफ्नो सपना पूरा हुँदैन कि भन्ने लागेको थियो। जवाफमा ज्ञवालीले उत्कृष्ट विद्यार्थीलाई सरकारले छात्रवृत्तिमा पढाएर डाक्टर बनाउन सक्ने भन्दै रामको चित्त बुझाउने प्रयास गरिन्। तर, रामको अनुहारबाट अन्योलको भाव हटेन। उनले थपे, “मलाई त गरीबका सपना पूरा हुँदैनन् जस्तो लाग्छ।”“मिस, हामीले पढेर पनि केही हुँदैन। हामीलाई गाह्रो छ,” आफू महिला भएकै कारण पढेको काम लाग्दैन भन्ने मानसिकता बनाएकी कक्षा ९ की रागिनी ठाकुरको गुनासो थियो, काठमाडौं विश्वविद्यालयकी पूर्वसहायक प्राध्यापक अमिना सिंहसँग।महिला भएकै कारण मन लागेको काम गर्न नपाइने र भनेको ठाउँमा जान नपाइने परिवेशमा हुर्किंदै गरेकी रागिनी पढेर पनि पाउन नसकिने ठानिएको स्वतन्त्रताको खोजीमा छिन्। “आमाबुवासँग रिसाउन मन लाग्दैन। नरिसाइरहन पनि सक्दैनौं,” रागिनीले फेरि प्रश्न गरिन्, ‘हामीले के गर्नुपर्छ, मिस?”“मिस, हामीले कस्तो सपना साँच्ने?” जनकपुरधाम-२०, रूपैठ बेल्हीस्थित श्रीराष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढिरहेकी एक छात्राले टिच फर नेपालकी अध्यक्ष रेसु अर्याल ढुंगानालाई सोधिन्।“फरक-फरक परिवेशमा विद्यार्थीहरूको समस्या पनि फरक हुँदा रहेछन्,’ रेसु भन्छिन्। भिन्न सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवेशका विद्यार्थीहरूको प्रश्नले नै सग्लो समाजको प्रतिनिधित्व गर्ने उनको बुझाइ छ।“यी प्रश्नहरूमा समाज देखिन्छ। डर भेटिन्छ। शंका छ। संस्कृति र अर्थतन्त्र पनि छ,” उनी भन्छिन्, “त्यसैले काठमाडौंका र धनुषाका बालबालिका लागि एउटै पाठ्यक्रम र उस्तै पद्दतिमा पढाएर हुँदैन।” स्थान विशेषअनुसार पाठ्यक्रम र शिक्षण पद्दतिमै परिमार्जन गर्नुपर्ने अर्यालको सुझाव छ। उनका अनुसार धनुषाका बालबालिकाका सपना पढाइभन्दा बलिया छन्। भन्छिन्, “राजधानीमै हुर्केका बालबालिकामा पढाइ बलियो भएर पनि सपना कमजोर हुन सक्छ।”

    सपनाको उडान : “पढेर ठूलो भएपछि म खलासी बन्छु सर !”पाँच वर्षअघि ललितपुरको दुर्गम गाउँ गिम्दीस्थित नारायणी माविमा पढाउन पुगेका शिक्षक प्रज्वल खड्काको प्रश्नमा धेरै विद्यार्थीले यस्तै जवाफ दिएका थिए। टिच फर नेपालबाट खटिएका ती स्वयंसेवी शिक्षक विद्यार्थीको उत्तरले झसंग भए।गाडीमा खलासी काम गर्ने युवालाई रोलमोडल बनाएर हुर्कंदै गरेका गिम्दीका बालबालिकाको सपनाको हद त्यति नै थियो त्यसबेला। खलाँसी बन्न चाहने ती बालकहरूमध्ये एक भने पाँच वर्षपछि विज्ञान विषय लिएर १२ कक्षा उत्तीर्ण भइसकेका छन्। कम्प्यूटर इञ्जिनियरिङ पढ्न अमेरिका जाने तयारीमा रहेका उनलाई देखेर खुशी भएका खड्का भन्छन्, “शिक्षा र चेतनाले आकांक्षाको उडानलाई सोच्दै नसोचेको उचाइमा पुर्‍याउँदो रहेछ।”टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाल भन्छन्, “राम्रो मार्गदर्शन पाएका विद्यार्थीको आकांक्षा बढ्ने मात्रै होइन, उसले समाजकै आत्मविश्वास बढाउँदो रहेछ।” त्यसैले सरकारले गुणस्तरीय शिक्षक उत्पादन र शिक्षण पद्दति सुधारमा बढी गृहकार्य गर्नुपर्ने खनालको सुझाव छ।धनुषाकै जनकपुरधामको श्री माध्यमिक विद्यालय, बक्चौडामा एक वर्षअघि छात्रवृत्ति पाएकी छोरीलाई परिवारले थप शिक्षा लिन शहर पठाउन मानेन। तर, अहिले ती छात्राले काठमाडौंमै निशुल्क पढ्न थालेपछि भने परिवारका सदस्यमा मात्र नभई विद्यालयका अरू छात्रा, शिक्षक र समाजमा पनि छोरीले चाहे भने गर्न सक्छन् भन्ने आत्मविश्वास जाग्न थालेको टिच फर नेपालका शिक्षक शैलेन्द्र झा बताउँछन्।

    यसरी समाजको आत्मविश्वास उठाउन अब शिक्षकको परिभाषा पनि परिवर्तन गर्नुपर्ने खनालको तर्क छ। “बिहान १० बजे घण्टी लागेपछि विद्यालयमा छिर्ने र साँझ चार बजेपछि बाहिरिने मात्रै शिक्षकको दायित्व होइन। शिक्षकले आफूलाई परिवर्तनको संवाहक बनाउन सक्नुपर्छ,” उनी भन्छन्। टिच फर नेपालकी अध्यक्ष अर्यालको विचारमा शिक्षकलाई जागिरे हुने छुट छैन। जबसम्म शिक्षा लिने र दिने दुवै जागिरे हुने लक्ष्यमा मात्रै सीमित रहन्छन्, तबसम्म शिक्षाले फड्को मार्न नसक्ने निष्कर्ष उनी सुनाउँछिन्।पाठ्यपुस्तक नै पाठ्यक्रम हो भन्ने बुझाइ गलत भएको स्वयंसेवी शिक्षक अमिना सिंह टिप्पणी गर्छिन्। विषयगतभन्दा पनि समसामयिक घटना, परिवेश र समाजलाई शिक्षकले जोडेर पढाउनुपर्ने उनको सल्लाह छ। भन्छिन्, “विषयवस्तु नै ज्ञान हो भन्ने भ्रमबाट शिक्षकलाई मुक्त गर्न शिक्षण विधिमै परिवर्तन ल्याउनु जरुरी छ।”अमिनाको बुझाइमा नेपालमा कोही व्यक्ति शिक्षक किन हुन चाहन्छ? विद्यालय खोल्नुको मूल उद्देश्य के हुन्छ? कुनै शिक्षक विद्यालयको प्रधानाध्यापक किन हुन चाहन्छ? भन्नेजस्ता प्रश्नहरूको खोजी गरेरै हाम्रो शिक्षण पद्दत्तिको उपचारको बाटो पहिल्याउनुपर्छ। शिक्षा र शिक्षण पद्दतिमा सुधार ल्याउनका लागि स्थानीय सरकारले नै पहल गर्नुपर्ने अधिकांश शिक्षकहरूको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑