वीरगंज । घरको छतबाट लडेर वीरगञ्जमा बिहीबार एक बालिकाको मृत्यु भएको छ। घरको छतबाट लडेर बीरगन्ज महानगरपालिका–१ छपकैया बस्ने मुकेश ठाकुरकी दुई वर्षीया छोरी संजना ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान साढे ११ बजेको समयमा छतको बालकोनमा खेल्ने क्रममा अनियन्त्रित भई अचानक जमिनमा लडी टाउकोमा चोट लागी बालिका गम्भीर घाइते भएकी थिइन्।
उनको उपचारको लागि एल.एस.न्युरो अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता दीपक गिरीले बताए। बालिकाको शव पोष्टमर्टमको लागि नारायणी अस्पतालमा पठाइएको र घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको गिरीले बताए।