टाउन हलको विषयलाई लिएर प्रदेश सांसद शर्मा र नगर अध्यक्ष कलवार बीच हात पात :दुवै अस्पताल भर्ना
वीरगंज संजाल
४ मंसिर २०७६, बुधबार १२:२३
४७२१
वीरगंज | नेपाली कांग्रेस पर्साका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र वीरगंज महानगरपालिका नगर कमिटिका अध्यक्ष भोला कलवार बीच हातपात भएको छ ।
वीरगंजस्थित नगर सभा गृह टाउन हल सम्बन्धित विषयलाई लिएर विवाद हुँदा बुधबार बिहान दुवै नेता विच हात पात भएको हो । वीरगंज आदर्शनगरस्थित रहेको बब्लु टि स्टलमा टाउन हलको विषयलाई लिएर प्रदेश सांसद शर्मा र नगर अध्यक्ष कलवार बीच भना-भन भए पछि कुट्पिट भएको प्रत्यक्षदर्शीले बताए ।
वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका शर्माको उपचार वीरगंजस्थित नारायणी अस्पतालमा चालिएको छ भने टाउन हलका संचालक समेत रहेका कलवार पनी नारायणी अस्पतालको इमर्जेन्सी वर्डमा भर्ना भएका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।