वीरगंज । तीन दिन लगातार बढेको शेयर बजार आज भने तल झरेको छ । नेप्से तल फरेसँगै कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.१४ अंकले घटेको हो ।
०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९२२.१६ अंकमा झरेको छ । आज २२० कम्पनीका २७ लाख ६७ हजार ५ सय ३९ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ८९ लाख ७ हजार ८ सय ३० रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार घटेको दिन निर्जीवन र जीवन बीमा क्रमशः ०.६२ र १.४ अंकले बढेका छन् भने बाँकी समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी लघुवित्त समूह ४७.२३ अंकले घटेको छ ।