मोरङ | मोरङको सुन्दरहरैंचा नगरपालिका-८ विराटचोकमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।आइतबार राति पौने ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख २४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा३७प ८७५९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक झापा कन्काई नगरपालिका-३ का ४४ वर्षीय पेशल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा परी ट्रकमा सवार रहेका इटहरीका यमपी, रुस्तम र मित्रलाल न्यौपानेसमेत घाइते छन्।उनीहरूको विराटनगर अस्पतालमा उपचार भइरहेको छ।