वीरगंज । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रतितोला ९४ हजार २ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ सय रुपियाँले घटेर ९४ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ।
यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ६ सय रुपियाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार चाँदी तोलामा ५ रुपियाँले घटेर प्रतितोला एक हजार १८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।