• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक व्यक्तिले दुई सिम मात्र राख्न पाउने

  • वीरगंज संजाल
  • २८ आश्विन २०७९, शुक्रबार ११:१३
  • १८४१

    वीरगंज । अबदेखि एकजना प्रयोगकर्ताले एउटा मोबाइल सेवा प्रदायकबाट दुईवटाभन्दा बढी सिमकार्ड लिन नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परिपत्र अनुसार एक व्यक्तिको नाममा दुईवटा भन्दा बढी सिमकार्ड नदिन मोबाइल सेवा कम्पनीलाई निर्देशन दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार अबदेखि एकवटा मोबाइल सेवा प्रदायक कम्पनीको बढीमा दुईवटा मात्रै सिमकार्ड निकाल्न पाइने छ । पहिले नै दुईभन्दा बढी सिमकार्ड लिइसकेका व्यक्तिले उक्त कम्पनीबाट अब सिमकार्ड किन्न पाउने छैनन् । हाल नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली प्रयोगमा ल्याउन सुरु गरेको छ । एमडीएमएस पूर्णरुपमा लागु भइसकेपछि नेपाल दूरसञ्चार प्राधिकरणले एक मोबाइल सेवा प्रदायकबाट एक व्यक्तिलाई अधिकतम दुईवटा मात्रै सिमकार्ड लिन मिल्ने गरी व्यवस्था गर्ने भएको हो ।

    प्राधिकरणका अनुसार नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल लगायतका मोबाइल सेवा प्रदायक (एमएनओ) हरुलाई परिपत्र नै पठाएर कुनै व्यक्तिको नाममा पहिले नै दुईभन्दा बढी सिमकार्ड जारी भइसकेको भए थप सिमकार्ड नदिन भनिएको छ । पहिले नै दुईभन्दा बढी सिमकार्ड लिइसकेकालाई तत्काल केही नगरिएको भएपनि एकै व्यक्तिले नयाँ सिमकार्ड लिँदा दुईभन्दा बढी सिमकार्ड लिन पाउने छैनन् । मिश्रका अनुसार पहिले नै सिमकार्ड लिइसकेकाहरुले पनि अबको केही समयमा केवाइसी अर्थात् नो योर कष्टमर फारम भर्नुपर्नेछ । त्यसपछि कसको नाममा रहेको कुन सिमकार्ड कसले चलाइरहेको छ भन्ने पत्ता लाग्नेछ र प्रयोगकर्ताकै नाममा नामसारी गर्न निर्देशन दिनेछ । एकै व्यक्तिको नाममा धेरै सिमकार्ड भए त्यसलाई नियन्त्रण गर्ने तयारी प्राधिकरणले गरेको छ ।

    नयाँ सिमकार्ड लिन अब राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने

    नेपाल दूरसञ्चार प्राधिकरणले अब सिमकार्ड लिन प्रत्येकपटक नयाँ फारम भर्नुपर्ने र औंठाछाप लगाउनु पर्ने दिनको समेत अन्त्य गर्न लागेको छ । प्राधिकरणका अनुसार अब नयाँ सिमकार्ड लिनका लागि पनि राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्नेछ । अब राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा एक व्यक्तिलाई एउटा मोबाइल सेवा प्रदायकबाट बढीमा दुई वटासम्म सिमकार्ड लिने व्यवस्था मिलाइनेछ । राष्ट्रिय परिचयपत्र नम्बर दिई बायोमेट्रिक गर्दा म्याचिङ भएमा ती व्यक्तिले सिमकार्ड पाउनेछन् । प्राधिकरणले अब राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सिस्टमसँग प्राधिकरणको सिस्टम र एमडीएमएसलाई जोड्न लागेको छ । यसका लागि राष्ट्रिय परिचयपत्रको एनआइडी, प्राधिकरणको सिस्टम, एमडीएमएस र मोबाइल सेवा प्रदायकहरु एकअर्कासँग जोडिनेछन् । अब सिमकार्ड किन्न जाने समयमा आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर भन्नुपर्नेछ र त्यही नम्बर राखेर मोबाइल सेवा प्रदायकले सिमकार्ड दिन मिल्ने वा नमिल्ने प्रारम्भिक निर्णय गर्नेछ । सिमकार्ड दिन मिल्ने भएमा त्यसको जानकारी एमडीएमएसमा आउने छ ।

    यदि एमडीएमएसमा पहिले नै दर्ता भइसकेको परिचयपत्र नम्बर रहेछ भने उसले नेपाल दूरसञ्चार प्राधिकरण अर्थात् एनटिएमा पठाएर अटोमेटिक अप्रुभल लिनेछ । पहिले दर्ता भएको छैन भने एनआइडी अर्थात् राष्ट्रिय परिचयपत्र विभागको डाटासँग म्याचिङ गराउनेछ र दिन मिल्ने रहेछ भने व्यक्तिको बायोमेट्रिक गराउनेछ । बायोमेट्रिकमा सम्बन्धित व्यक्ति नै हो भन्ने पुष्टी भएमा नयाँ सिमकार्ड निकाल्न पाइनेछ । यो सबै प्रक्रिया अटोमेटिक हुने हुँदा सिमकार्ड किन्न समय भने लाग्ने छैन । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी मंसिर १ गतेबाट पूर्णरुपमा एमडीएमएस प्रणाली कार्यन्वयनमा लैजाने तयारी गरेको छ। एमडीएमएस प्रणाली पूर्णरुपमा लागू भएपछि केवाइसी भराएर मोबाइलको वास्तविक प्रयोगकर्ता पत्ता लगाउने हुँदा अपराध न्युनिकरण र राजश्व संकलनमा पनि सहयोग पुग्ने प्राधिकरणको दावी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता
  • श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद
  • रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
  • मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    News

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    News

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    News

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑