• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संविधान दिवसमा मोदी प्रमुख अतिथि !

  • वीरगंज संजाल
  • ६ भाद्र २०७६, शुक्रबार ०१:४६
  • ४५७१

    काठमाडौं :  ३ असोजमा आयोजना हुने राष्ट्रिय दिवसमा प्रमुख अतिथिका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्त्याइएको छ । संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रूपमा भव्य बनाउने सरकारको तयारी छ ।

    भारतीय विदेशमन्त्री एस जयशंकरसँग बुधबार बालुवाटारमा भएको करिब एक घन्टा लामो एकान्त वार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई राष्ट्रिय दिवसको प्रमुख अतिथि बनाउने प्रस्ताव गरेका थिए । जयशंकरले नेपाली प्रधानमन्त्रीको निम्ता भारतीय प्रधानमन्त्रीसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यो विषयमा भारतका तर्पmबाट छिटै औपचारिक जानकारी आउने अपेक्षा गरिएको परराष्ट्र स्रोतले जनाएको छ ।

    ओलीले राष्ट्रिय दिवसमा मोदीको आगमन भए नेपाल र भारतबीच बाँकी रहेका तिक्तता एकैसाथ समाधान हुने र विश्वासका नयाँ आधारमा सम्बन्ध अघि बढ्ने सन्देश पठाएका छन् । ‘मोदीले लुम्बिनी भ्रमणमा आउने इच्छा व्यक्त गरिरहनुभएको छ । राष्ट्रिय दिवसमा सहभागी हुने र लुम्बिनी भ्रमण गर्ने चाँजोपाँजो मिल्न सक्छ,’ कूटनीतिक स्रोतले भन्यो ।

    चार वर्षअघि संविधान जारी गर्ने कार्यक्रम स्थगित गर्न मोदीको सन्देश बोकेर जयशंकर काठमाडौं आएका थिए । संयोगले संविधान दिवसको प्रमुख अतिथि बन्न मोदीलाई नेपालको निम्तो उनैले लगेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटपछि जयशंकर परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए । बैठक सकिएलगत्तै बुधबार राति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना गरेको रात्रिभोजमा जयशंकरले अघिल्लो कार्यकालमा मोदीले चारपटक नेपाल भ्रमण गरेको दृष्टान्त दिँदै मोदीको सद्भाव मनन गर्न आग्रह गरेका थिए ।

    ३ असोज ०७२ मा नेपालमा संविधान जारी हुँदा भारत असन्तुष्ट थियो । तर, भारतले नेपालको संविधानलाई अहिलेसम्म खुला समर्थन नगरे पनि संवैधानिक जगमा भएका तीन तहको निर्वाचनलाई स्वागत गरेको छ । ओली प्रधानमन्त्री हुनुअघि १८ र १९ माघ ०७५ मा तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा काठमाडौं आएकी थिइन् ।

    त्यही भेटवार्तामा स्वराजले मोदीको सन्देश सुनाउँदै नेपालको संविधानमा भारतको कुनै असहमति नरहेको र सफल निर्वाचनपछिको सरकारसँग भारतले सहकार्य गर्ने बताएकी थिइन् । त्यसपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण र उनका समकक्षी मोदीको नेपाल भ्रमणमा उच्च राजनीतिक समझदारी कायम भएको दुवै पक्षले बताउँदै आएका छन् ।

    तर, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले मोदीलाई आमन्त्रण गरिएको विषय आफूलाई जानकारी नभएको बताए । ‘प्रधानमन्त्री र विदेशमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय भेटमा यस्तो कुनै चर्चा भएन, अलग्गै भेट्दा कुराकानी भएको हुन सक्छ । तर, त्यसमा भएको प्रगतिबारे म जानकार छैन,’ भट्टराईले नयाँ पत्रिकासँग भने । आयोग बैठकका लागि काठमाडौं आएका भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भने निर्णय भइनसकेका विषयमा आफूसँग जवाफ नरहेको प्रतिक्रिया दिए । ‘निर्णय नभइसकेको हुनाले यस सम्बन्धमा जानकारी दिन सक्दिनँ,’ आचार्यले भने ।

    गणतन्त्र दिवसका अवसरमा १२ माघ ०५५ मा राजा वीरेन्द्र प्रमुख अतिथिका रूपमा दिल्ली गएका थिए । त्यसवेला अटलबिहारी बाजपेयी भारतका प्रधानमन्त्री थिए । त्यसअघि र पछि भारतले गणतन्त्र दिवसमा नेपाली सरकारप्रमुख÷राष्ट्रप्रमुखलाई बोलाएको छैन ।

    यसपालि संविधान दिवस नै राष्ट्रिय दिवस, कार्यक्रम भव्य हुन्छ : प्रधानमन्त्री ओली 
    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गृह मन्त्रालयमा आयोजित संविधान दिवस तथा राष्ट्रिय मूल दिवस समारोह समिति बैठकमा भने, ‘यसपटक राष्ट्रिय दिवस भव्य हुन्छ ।’ २ देखि ४ असोजसम्म तीन दिन भव्य रूपमा दिवस मनाइने र २७ भदौबाट तयारी थालिने प्रधानमन्त्रीको भनाइ थियो । बिहीबार उनी स्वास्थ्योपचारका लागि सिंगापुर गएका छन् ।

    बैठकमा प्रधानमन्त्रीले भने, ‘सबै ठाउँमा, गाडीमा, घरमा राष्ट्रिय झन्डा होस् । हरेक घरले दीपावली मनाऊन् । बिजुली नभएका ठाउँमा पनि टुकी बालेर भए पनि दीपावली होस् ।’ प्रधानमन्त्रीले अठोट, प्रतिबद्धता र संकल्पको चाड बनाउनुपर्नेमा जोड दिएका छन् । आफू सिंगापुरबाट फर्केर आउन्जेल कार्यक्रमको तयारी गर्न प्रधानमन्त्रीले गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री नेतृत्वको समितिले सीमित वर्ग र क्षेत्रमा नभएर सबैको सहभागितामा र सबै क्षेत्रमा दिवस मनाउने निर्णय गरेको छ । संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीलाई अनिवार्य सहभागी गराइने भएको छ । उपत्यकामा टुँडिखेलमा र बाहिर प्रदेश राजधानी, जिल्ला सदरमुकाम तथा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको केन्द्रमा कार्यक्रम गर्ने तय भएको छ । सबै सरकारी कर्मचारीलाई ३ असोजमा राष्ट्रिय झन्डासहित तोकिएको स्थानमा उपस्थित हुन निर्देशन जारी गरिएको छ । काठमाडौं उपत्यकामा कर्मचारीको संयोजन सम्बन्धित मन्त्रालयले गर्नेछन् ।

    फर्किए भारतीय विदेशमन्त्री एस जयशंकर : राष्ट्रपति, देउवा, भट्टराई, यादव र ठाकुरसँग भेटवार्ता

    नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री जयशंकर बिहीबार दिल्ली फर्केका छन् । फर्किनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । उनले बुधबार राति अबेर राष्ट्रिय जनता पार्टीका शीर्ष नेता महन्थ ठाकुरसहितका नेतासँग भेटेका थिए ।

    कांग्रेस सभापति देउवाले विगतमा भएका सहमति कार्यान्वयन गर्न, पञ्चेश्वर परियोजनाको डिपिआरमा सहमति जुटाउन, कनेक्टिभिटीमा थप सहयोग गर्न भारतलाई आग्रह गरेका थिए । जयशंकरको जवाफ थियो, ‘नेपाल सरकारले पनि यो विषय हामीलाई भनेको छ । हामी छलफल गरेर कार्यान्वयन गर्छौँ ।’ होटेल द्वारिकामा भएको भेटवार्तामा सभापति देउवा, महामन्त्री डा शशांक कोइराला, नेता डा. नारायण खड्का र देउवा प्रधानमन्त्री हुँदाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई सहभागी थिए ।

    विदेशमन्त्री जयशंकरले बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । संयुक्त आयोगको बैठकपछि उनी समकक्षी ज्ञवालीले आयोजना गरेको रात्रिभोजमा सहभागी थिए । जयशंकरले बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए । उनलाई परराष्ट्रसचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।  नयाँपत्रिका दैनिकबाट साभार

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑