काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशैं विदाका लागि पर्न सक्ने स्वास्थ्य समस्यालाई लक्षित गर्दै सिटामोल र जीवनजल निशुल्क वितरणको व्यवस्था मिलाएको छ । महानगरपालिकाले ५५८ जना स्वयंसेवक मार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको हो ।
महागरपालिकाका प्रमुख बालेन्द्र शाहले दशैं विदाका लागि स्वयंसेवक मार्फत विशेष व्यवस्था मिलाइएको बताए । उनले नजिकको स्वास्थ्य स्वयंसेवकमार्फत सिटामोल र जीवनजल प्राप्त गर्न सक्ने उल्लेख गरे ।
महानगरले दशैंको विदामा पनि २४ घण्टे हटलाइन सेवा निरन्तरता दिने बताएको छ । ११८० मा फोन गरेर डेंगीको बारेमा परामर्श लिन सक्ने र आवश्यक पर्नेलाई १०२ मा फोन गरेर निशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने समेत उल्लेख गरेको छ ।