वीरगंज । आगामी तीन दिन कर्णाली, महाकालीसहितका नदीको जलसतह बढ्ने सम्भावना रहेको छ ।
बाढी पूर्वानुमान विभागले कर्णाली र महाकालीसहित पूर्वी राप्ती, तिनाऊ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह सम्म पुग्न सक्ने पूर्वानुमान गरेको छ ।
आज गण्डकी र लुम्बिनी प्रदेशका साना नदीहरूमा एक्कासी बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस वर्ष मनसुन बाहिरिन ढिलाइ भएकाले अझै वर्षा भइरहेको छ । आज देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ ।