वीरगंज । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार तेस्रो जीत निकालेको छ। गएराति भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई हराउँदै लगातार तेस्रो जीत निकालेको हो।
म्यानचेस्टर युनाइटेडले यसअघि साउथ ह्याम्टन र लिभरपुललाई समेत हराएको थियो। पाँच खेल खेलेको युनाइटेडले सुरुका दुई खेमा भने हार ब्यहोरेको थियो। ब्राइटन र ब्रेनफोर्डसँग युनाइटेड पराजित भएको थियो।
लगातार तेस्रो जीत निकालेको म्यानचेस्टर युनाइटेड अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ। युनाइटेडको जितमा खेलको २३ औं मिनेटमा एक मात्र गोल जाडोन सान्चोले गरे। मार्कुस रास्फोर्डको पासमा सान्चोले गोल गरेका थिए।