काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको पालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता तथा सांस्कृतिक सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सक्ने विश्वास व्यक्त गरेकी छन् ।
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्तीका अवसरमा किरात धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय गौरवका विभूतिको पवित्र जन्मजयन्तीको दिनमा हामी सबैमा धार्मिक सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्द जयन्तीका अवसरमा शुभकामना दिँनुहुँदै फाल्गुनन्दका जीवनसँग गाँसिएका महत्वपूर्ण ठाउँहरूलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।