काठमाडौं । नुवाकोटमा लागुऔषध कारोबारमा फरार रहेका वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्यागन गाउँपालिका–४ का वडाध्यक्ष ३७ वर्षीय रामबहादुर तामाङ छन् ।
०५९ असोज २९ गते ठमेलवाट ७ कजि चरेश सहित पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र वोगटीका अनुसार ०६१ जेठ २७ को फैसलाले तामाङलाई ३ वर्ष कैद र २५ हजार जरिवाना तोकेको थियो । त्यस क्रममा ३ महिना ७ दिन अनुसन्धानको क्रममा हिरासतमा रही भुक्तान भईसकेको र २ वर्ष ८ महिना २३ दिन कैद तोकिएकोमा उनी फरार थिए ।
उनलाई विशेष सूचनाको आधारमा प्रहरी कार्यालय नुवाकोटसँगको समन्वयमा पक्राउ गरिएको डीएसपी वोगटीले बताए । तामाङलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालत पेश गरिएको वोगटीले बताए ।