वीरगंज । चिनियाँ विदेश मन्त्रालयले चिनियाँ विदेशमन्त्री वाङ यी र उनका जापानी समकक्षीबीचको भेटवार्ता रद्द गरिएको जनाएको छ। जी-७ मा ताइवानको बयानपछि चीनले जापानसँगको द्विपक्षीय बैठक रद्द गरेकाे हाे ।
भेटवार्ता कम्बोडियामा हुने आसियान कार्यक्रमका क्रममा हुने तालिका थियाे। ताइवानको बारेमा सात राष्ट्रको समूहले जारी गरेको संयुक्त वक्तव्यप्रति चिनियाँ पक्ष कडा रुपमा असन्तुष्ट रहेको मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले नियमित पत्रकार सम्मेलनमा बताए।
जापानलगायत जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले बुधबार चीनलाई ताइवान स्ट्रेट वरपरको तनावलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न आह्वान गरेका थिए।हालै, चीनको चेतावनीको बाबजुद पनि अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेकी छिन्। चीनले आफ्नो एक चीन नीतिअन्तर्गत ताइवानलाई आफ्नो हिस्सा मान्छ। तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आइरहेकाे छ। पेलोसीको भ्रमणपछि चीनले भयानक परिमाणको चेतावनी दिएको छ।