वीरगंज । मोरङ्गको बुढिगंगा गाउपालिका २ स्थित टंकीसिनुवारीमा रहेको जेभियर्स इङलिस स्कुलका ३ छात्राहरूले भारतका पुर्व राष्ट्रपती डा ए पी जे अब्दुलकलाम सर्बोक्रिष्ट अन्तर्राष्ट्रिय अवार्ड २०२२ ले सम्मानित भयका छन्।
डा ए पि जे अब्दुलकलाम विद्यार्थी पुरस्कार एक सर्बोक्रिष्ट अन्तर्राष्ट्रिय अवार्ड हो । जुन मोरङ्ग टंकीसिनुवारी स्थित जेभियर्स इङलिस स्कुलले हात पार्न सफल भएको छ। स्कुलका कक्षा ११ छात्रा स्वारीका झाँगडा त्यस्तै कक्षा १२ का छात्रा नुमा लिम्बु र टिना थापा मगरले उक्त सर्बोक्रिष्ट डा एपिजे अब्दुलकलाम विद्यार्थी अवार्डबाट सम्मानित भयका हुन्।
तीनै छात्राले डा एपिजे अब्दुलकलाम विद्यार्थी सर्बोक्रिष्ट पुरास्कार प्राप्त गर्न सफल भएकोमा जेभियर्स इङलिस स्कुलका प्रिन्सिपल परेश पोखरेले छात्राहरूलाई बधाई दिदै खुशी व्यक्त गर्दै आफुहरू अतिनै उत्साहीत भयको बताउनु भयो। वि.सं.२०७२ सालदेखि अनुभवी प्राध्यापकहरूको समूहबाट सञ्चालित स्कुलमा हाल नर्सरी देखी कक्षा १२ सम्म कुल ८२३ विद्यार्थीहरू अध्ययनरत छन्। जेभियर्स इङलिस स्कुलले केही दिन पहिले एसइइ कप फुटबल प्रतियोगिताको उपाधि पनि जित्न सफल भयको थियो।