• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    स्मार्ट बन्ने अभ्यास: पोखरा नगर बसमा ई-टिकेटिङ

  • वीरगंज संजाल
  • Aug 22, 2019, 5:07 pm
  • ३९०१

    पोखरा | तपाईं पोखरा महानगरभित्र चल्ने नगर बस चढ्नुभयो भने सहचालकले पैसा तिरेको बिल दिन्छन् आजकाल । मेट्रो कार्ड भए त कार्डबाटै तिर्न पाइन्छ ।  ‘हाम्रो रहर, प्रविधिमैत्री पोखरा सहर’ भन्ने स्लोगनसहित पोखराका नगर बसले ई –टिकेटिङ (विद्युतिय टिकट प्रणाली) सुरु गरेका छन् । भदौ १ देखि आशिंक रुपमा सुरु भएको ई– टिकेटिङ वैशाख १ बाटै सुरु गर्ने महानगरको योजना थियो ।

    चार महिना ढिलो गरि सुरु भएको ई– टिकेटिङ पूर्ण रुपमा कार्यान्यनमा आउन भने अझै बाँकी छ । तर, पोखरा महानगरले स्मार्ट बन्ने अभ्यास थालिसकेको छ । महानगरमा ८ सय हाराहारीमा नगर बस चल्छन् । सबै नगरबसमा यो सिस्टम लागू गर्ने बताइएपनि ४ सय बसमा मात्र यो सिस्टम सुरु भएको छ । अरु बसमा पनि सुरु गर्दै लैजाने महानगर बताउँछ ।

    ई– टिकेटिङ स्किमअन्र्तगत १ सय रुपैयाँ धरौटी राखेर महानगरले अहिले मेट्रो कार्ड बाँडिरहेको छ । सेवाग्राहीले मेट्रो कार्डसँगै धरौटी रकम बराबरकै ब्यालेन्स पनि पाउँछन् । महानगरकाअनुसार पछि कार्ड फिर्ता गर्दा धरौटी बापतको रकम पनि फिर्ता पाइने छ । मेट्रो कार्डलाई बस भाडा तिर्न मात्र नभई अन्य व्यापारिक प्रयोजनका सामान लगायत कर तिर्न पनि सकिने कार्डको रुपमा प्रयोगमा ल्याउने योजनामा महानगर छ ।

    तर, कतिपय यात्रुलाई भने ई–टिकेटिङ के हो ? थाहै छैन । यो सिस्टमबारे जानकारी नपाउँदा यसको प्रभावकारिता पनि न्यून देखिएको छ । ढिलै भएपनि पोखरा महानगरमा ई–टिकेटिङ सिस्टम (मेट्रो कार्ड) लागू गरेको छ । पहिलो चरणमा छोटो दूरीका यातायातमा लागू गरिएको यो सिस्टम पछि लामा दूरीमा पनि लागू गर्ने योजनामा महानगर छ । महानगरलाई प्रविधि मैत्री बनाउने पोखरा महानगरको नीति अनुसार यात्रुवाहक यातायातमा कार्ड सिस्टम लागू गरिएको हो ।

    अझै पनि यात्रुको हातहातमा मेट्रो कार्ड पुगिसकेको छैन । महानगर कार्यालय, वडा कार्यालय, यातायात कम्पनी, ओम डेभलपमेन्ट बैंंकका शाखाबाट वितरण भई रहेको मेट्रो कार्डबारे कतिपय नगरबासी भने बेखबर जस्तै छन् । नगरबसमा लेखनाथ हिँडेकी माया पैसा तिरेपछि बिल पाउँदा जिल्लै परेको बताउँछिन् । ‘मलाई त के हो–के हो ? थाहै थिएन,’ उनले भनिन्, ‘गाडी भाडा तिर्दा पनि बिल पाउन सुरु भैसकेछ ।’ महानगर प्रविधिमैत्री बन्दै गएकोमा खुसी लागेको उनले सुनाइन् ।

    कार्ड नलिएका यात्रुलाई कार्ड लिन बसका सहचालक नै सुझाउँछन् । नगदै तिर्नेलाई पनि बिल दिन्छन् । नयाँ प्रयोग भएकाले मेसिन ह्याङ हुने समस्या भने टाउको दुखाई हुने गरेको सहचालकका गुनासो छन् । बगर– रातोडाँडा रुटमा चल्ने नगर बसका सहचालक टिका लामिछाने भन्छन्, ‘सेवाग्राही पनि हतारमा हुन्छ । छिटो छिटो गरौं भन्यो कहिलेकाही त मेसिनै ह्यागं भैदिन्छ ।’

    वैशाखको पहिलो हप्ताबाट सञ्चालनमा आउनेगरी पोखरा महानगरपालिका र एन.क्लाउड कम्पनीबीच सम्झौता भएको सिस्टममा बैंकिङ पार्टनरको ओम डेभलपमेन्ट बैंंक छनोट भएको थियो । तर, निर्धारित समयमा प्राविधिक तयारी पुरा नहुदा मेट्रो काड लागू हुन ४ महिना ढिलो भयो । त्यो पनि किस्ता किस्तामा ।

    प्राविधिक कारणले पोखराका सबै बसहरुमा भदौ १ गतेदेखि  इ–टिकेटिङ लागू गर्न नसकिएको महानगरले जनाएको छ । भदौ महिनालाई परीक्षण महिनाको रुपमा लिने र आवश्यक सुझावका आधारमा थप सुधार गरिने महानगरले जनाएको छ । महानगरका सूचना अधिकारी गंगालाल अधिकारीका अनुसार ग्रामिण भेगमा तत्कालै सुरु गर्न गाह्रो हुने भएकाले पनि यो महिना परीक्षणका रुपमा लिइएको हो । ‘यो महिना परीक्षण नै हो,’ उनले भने,  ‘महानगरका ग्रामीण भेगमा अहिले नै सुरु गर्न पनि अलि गाह्रो छ ।’

    ई– टिकेटिङ जडान नगर्ने, मेट्रो कार्ड नलिने दुबैलाई कारबाही गर्ने महानगरको योजना छ । यो सिस्टमा जडान नगर्ने बस खारेजनै गर्ने सम्मको जरिवाना महानगरले तोकेको छ । ‘यात्रुहरुलाई त के कारबाही गर्ने ?’ सूचना अधिकारी गंगालालले भने, ‘यो सिस्टम सुरु नगर्ने बसको रुट नै खारेज गरिन्छ । यात्रुलाई त यसको प्रयोग र फाइदाबारे जानकारी दिएर छोडिन्छ ।’ महानगरले ई टिकेटिङको प्रभाव चेकजाँचको लागि टोली नै खटाउने योजना बनाएको छ । टोलीले नगर भित्र चल्ने बसमा ई–टिकेटिङको प्रभावकारिता चेकजाँच गर्ने उनले सुुनाए ।

    एक सय रुपैयाँमा खरिद गरिएको कार्ड अवश्यकता अनुसार १ हजारसम्म रिचार्ज गर्न सकिन्छ । बसका सह–चालक या ओम डेभलपमेन्ट बैंकका शाखा कार्यालयबाट कार्ड रिचार्ज गर्न सकिने छ ।  कार्ड बनाउने र वितरणको जिम्मा ओम डेभ्लपमेन्ट बैंकले लिएको हो । ३ लाखसम्म कार्ड वितरण गर्ने योजना बैंकको छ । पहिलो चरणमा १० हजार कार्ड वितरण गरिने महानगरले जनाएको छ ।   यात्रुलाई सहज यात्रा साथै आर्थिक पारदर्शिता, प्रविधिमैत्री सहर बनाउनका लागि यो सिस्टम सुरु गरेको महानगरको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑