अयोध्याको विवादित जग्गामा राम मन्दिर बनाउन आदलतको आदेश
वीरगंज संजाल
२३ आश्विन २०७६, बिहीबार ०५:०१
२९९३
काठमाडौं । भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जग्गामा राम मन्दिर बनाउने बाटो खोलिदिएको छ । अयोध्याको विवादित जग्गामा रामको मन्दिर रहने कि बाबरी मस्जिद भन्ने विवादमा सर्वोच्चको फैसला हिन्दूहरुको पक्षमा आएको हो ।
शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय इजलासले हिन्दूहरुको पक्षमा फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै वर्षौंदेखिको विवाद अन्त्य भएको छ । सर्वोच्चले केन्द्र सरकारलाई तीन महिनाभित्र अयोध्याबारे कार्ययोजना बनाउन निर्देशन दिँदै सो क्षेत्रमा ट्रष्टमार्फत मन्दिर बनाउन आदेश दिएको छ ।
मस्जिद बनाउनका लागि मुस्लिम समुदायलाई वैकल्पिक जग्गा उपलल्ब्ध गराउन पनि सर्वोच्चले आदेश दिएको छ ।
सन् १९९२ डिसेम्बर ६ मा हिन्दूहरुको एक हिंसात्मक समूहले उत्तरप्रदेशस्थित अयोध्याको ४६० वर्ष पुरानो १६ औँ शताब्दीमा भारतका पहिलो मुगल सम्राट बाबरको आदेशमा बनाइएको बाबरी मस्जिद भत्काइदिएको थियो ।
उक्त मस्जिद भत्काइएपछि देशभर फैलिएको धार्मिक दंगामा करिब दुई हजार मानिस मारिएका थिए । यसले भारतीय समाजमा विखण्डनको बिऊ रोपेको थियो ।