कपिलबस्तु । भारतीय प्रशासनको अनुरोधमा नेपाल भारत सिमानाका बन्द गरिएको छ ।उत्तर प्रदेशमा रहेको अयोध्यमा राम मन्दिर विवाद बारेमा सर्वोच्च अदालतले फैसला सुनाउने भएकोले सिमानाका बन्द गरिएको छ ।
राम मन्दिर र बाबरी मस्जिदको स्वामित्वबारे वर्षौंदेखि चलिआएको विवादको अदालतले फैसला सुनाउने भएपछि भारतीय प्रशासनको अनुरोधमा सिमानाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले पनि भारतीय पक्षले मौखिक जानकारी गराएर सीमा नाका बन्द गराएको जानकारी दिए ।
अयोध्याको वरिपरि लगभग ५० किलो मिटर र अति सम्बेदनशील ठाउँमा प्रशासनले कफ्र्यु आदेश दिएको भारतीय न्युज च्यालनले न्युज प्रसारण गरिरहेका छन् ।