• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कारागारमा बुनिएका मुढाले बजार पाएन

  • वीरगंज संजाल
  • ६ श्रावण २०७९, शुक्रबार १५:५९
  • २३६१

    वीरगंज । गजुरी गाउँपालिका वडा नं २ छेवाङका ३४ वर्षीय बुद्धिराम चेपाङ जिल्ला कारागार धादिङमा छन् । कर्तव्य ज्यान मुद्दामा २०७० भदौदेखि सजाय भोगिरहेका उनी कारागारमा आयआर्जनका काम गरेर बिताउँछन् । कारागारभित्रै मुढा बनाउन साथीहरुबाट सिकेका उनले राम्रै आम्दानी गर्थे । ‘घरको आर्थिक अवस्था कमजोर र कमाउने व्यक्ति नै कारागारमा पुगेपछि आर्थिक संकट आउन थाल्यो’, उनी भन्छन्, ‘कारागारमा बुनेको मुढाले केही हदसम्म खर्च टार्न सहयोग मिल्यो ।’ बिक्री नभएपछि धादिङ कारागारमा थन्काएर राखिएका मुढा । यसरी मुढा बनाएर उनले मासिक ७ हजारसम्म कमाउँथे । घरपरिवारमा समेत खर्च पठाउने गरेका उनको हाल आम्दानी ठप्प भएको छ । कोभिडपछि मुढा बिक्री नहुँदा काम समेत रोक्नुपरेको बुद्धिरामले सुनाए । ‘काम रोकिएपछि घर परिवारमा खर्च पठाउन समेत पाएको छैन’, उनी भन्छन्, ‘बनाएका मुढाहरु बिक्री नभएपछि स्टोरमा त्यतिकै थन्किएर बसेको छ ।’ उनको घरमा आमा, बुबा र श्रीमती छन् ।

    धादिङ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको हाल बिक्री ठप्प छ । कैदीबन्दीले बनाएको मुढा बलियो र टिकाउ हुने भए पनि पछिल्लो समय बिक्री भएका छैनन् । मुढा बिक्री नभएपछि कैदी पनि चिन्तित छन् । कारागारमा नै आएर मुढा बनाउन सिकेका गंगाजमुना गाउँपालिका वडा नं २ रिका मेमबहादुर तामाङ अहिले काम नगरी दिन विताउनु परेको गुनासो गर्छन् । ‘चार वर्ष अघि कारागारमा नै आएर मुढा बनाउन सिकेको थिए, आम्दानी राम्रै भइरहेको थियो’, उनी भन्छन्, ‘कसैले बुट्टा हान्ने, बाँस काट्ने गर्थ्यौ, सबै मिलेर काम गर्दा रमाइलो हुन्थ्यो ।’ अहिले सीप हुँदा पनि खाली बस्नुपरेको उनले बताए । कारागारका कैदीबन्दीले दुई थरीका मुढा बनाउने गर्छन् । एउटा १४ इन्च र अर्को १८ इन्चको । १४ इन्चको मुढा धादिङ लगायतका स्थानीय बजारमा बिक्री हुन्थ्यो भने १८ इन्चको मुढा चीनमा पठाइन्थ्यो । मुढाको साइज अनुसार प्रति गोटा ३ सय ५० देखि ४ सयसम्ममा बिक्री हुने गरेको छ । सुरुमा बाँस काटेर सिन्का बनाउने, त्यसलाई उठाउने, रिङ बान्ने, सिक्री हाल्ने, बुट्टा हान्ने, बिँडको काम गर्ने र टायल हालेपछि मुढा तयार हुन्छ ।

    कारागारमा २० जनाले ५ दिनमा ३ सय वटा मुढा बनाउने गरेका थिए ।कारागारमा बित्ने समयको सदुपयोग र आम्दानीको बाटोको रुपमा रहेको मुढा बिक्री नहुँदा आफूहरूलाई चिन्तित बनाएको अर्का कैदीबन्दी नेत्रावती डबजोङ गाउँपालिका ५ का हरिकुमार श्रेष्ठ बताउँछन् । बनाएर राखिएका सात सय मुढाहरु थन्किएका छन् । जिल्ला कारागार धादिङका जेलर नइन्द्रकुमार पौडेलका अनुसार कैदीबन्दीले बुनेका मुढा बजार अभावका कारण स्टोरमै थन्किएको हो । चीनका बजारमा निर्यात हुने मुढा अहिले ठप्प छ । पछिल्लो समय कारागारलाई सुधारगृहका रुपमा पनि लिन थालिएको छ । सोही अनुसार कारागार प्रशासनले पनि कैदीबन्दीलाई उद्यमतर्फ लाग्न प्रोत्साहन गरिरहेको छ । सीप जानेकाले मुढा बुन्न थालेका छन् भने नजानेकाहरु सिक्न थालेका छन् । सीप जानेपछि समय काट्न पनि सहज र आम्दानी पनि बढेपछि उनीहरु मुढा बुन्न आकर्षित भएका थिए । मुढा बिक्री नभएपछि कैदीबन्दीले आफूलाई समेत गुनासो गरेको र मुढा बिक्रीका लागि आफूले प्रयास गरिरहेको जेलर पौडेलले बताए । जिल्ला कारागार धादिङमा ३ सय २३ जना कैदीबन्दी रहेका छन् । हाल घरेलु कार्यालयले पुरुष कैदीबन्दीलाई प्लास्टिकका झोला बनाउने तालिम दिएको छ भने महिला कैदीबन्दीलाई सिलाइबुनाइको तालिम दिइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑