वीरगंज । भारतमा राष्ट्रपति निर्वाचन भइरहेको छ। सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको एनडीए गठबन्धनबाट द्रौपदी मुर्मू राष्ट्रपतिकी उम्मेदवार छन् भने विपक्षी भारतीय कांग्रेस सम्मिलित गठबन्धनबाट यशवन्त सिन्हा उम्मेदवार छन्। बिहान १० बजेदेखि भइरहेको निर्वाचनमा भोट क्रस भएको चर्चा चलिरहेको छ। विशेषगरी विपक्ष दलका नेताहरुले सत्ता पक्षबाट उम्मेदवार बनाइएकी मुर्मूका पक्षमा मतदान गरेको बताएका छन्।
ओडिशाका कांग्रेस विधायक मोहम्मद मुकीमले मुर्मीका पक्षमा भोट दिएको दाबी गरेका छन्। मुकिम पार्टीको प्रदेश अध्यक्ष नबनाएको भन्दै असन्तुष्ट थिए। यसैगरी असममा कम्तिमा २० कांग्रेस विधायकले भोट क्रस गरेको एक सांसद करिमुद्दीन बारभुइयाले बताएका छन्।
यसैगरी गुजरातमा शरद पवारको पार्टी एनसीपीका विधायक कन्धाल एस जडेजाले पनि मुर्मुलाई भवट दिएको बताएका छन्। जबकी पार्टीको निर्णय विपक्ष दलले उठाएको उम्मेदवारलाई समर्थन गर्नेछ।