वीरगंज । चरम आर्थिक संकटको बीचमा आफ्नो परिवारसहित देश छोडेर माल्दिभ्स पुगेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिगांपुर उडेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार उनी साउदी एयरलाइन्सको विमानमार्फत सिंगापुर उडेका हुन् । उनी अब सिंगापुर नै बस्नेछन् वा त्यहाँबाट पनि अन्त कतै जान्छन् भन्ने कुरा भने हालसम्म सार्वजनिक भएको छैन ।
मिडिया रिपोर्टअनुसार उनी बुधबार राति नै सिंगापुर जाने प्रयासमा थिए । यद्यपि विमानस्थलमा उनलाई श्रीलंका फिर्ता पठाउनुपर्ने माग गर्दै प्रदर्शन भएपछि बुधबार राति नै सिंगापुर उड्ने उनको प्रयास असफल भएको थियो ।