वीरगंज । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ। शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो।
आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ। उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन्।
प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ। मिडिया रिपोर्टका अनुसार उनको छातीमा दुईवटा गोली लागेको छ। घटनापछि उनलाई अस्पताल लगिएको थियो। तर, उनको अवस्था भने अहिलेसम्म थाहा हुन सकेको छैन। गोली कसले र किन चलायो भन्ने पनि खुल्न सकेको छैन।