• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्रीलंकामा अत्यावश्यक बाहेकका सवारी साधनलाई पेट्रोल बिक्री बन्द

  • वीरगंज संजाल
  • १५ असार २०७९, बुधबार १२:२८
  • २६८१

    बिरगंज । दशकौँ यताकै सबैभन्दा डरलाग्दो आर्थिक समस्या भोगिरहेको श्रीलंकाले अत्यावश्यक बाहेकका सवारी साधनहरूलाई पेट्रोल बिक्री बन्द गरेको छ । आगामी दुई साताका लागि स्वास्थ्य सेवा र खाद्यान्न बोक्ने बस, ट्रेनलगायत सवारी साधनलाई मात्र पेट्रोल भर्ने अनुमति दिइएको छ ।

    अहिले श्रीलंकाका सहरी क्षेत्रका विद्यालयहरू बन्द छन् । त्यसैगरी सरकारी अधिकारीहरूले मुलुकका दुई करोड बिस लाख बासिन्दालाई घरबाटै आफ्ना काम गर्न आह्वान गरेका छन् । खाद्यान्न र इन्धन जस्ता वस्तु आयात गर्न अर्थ अभावको समस्या भोगिरहेको दक्षिण एसियाली मुलुक श्रीलंका उद्धार सम्झौताका वार्ताहरूमा व्यस्त छ ।

    सत्तरीको दशकमा तेल अभावका कारण अमेरिका र युरोपमा इन्धनका लागि रासनको व्यवस्था गरिनुका साथै तेलको माग घटाउन ‘स्पीड लिमिट’ लागू गरिए यता विश्वमा सर्वसाधारणलाई तेल बिक्रीमाथि रोक लगाउने श्रीलंका पहिलो मुलुक भएको इन्भेस्टेकका तेल तथा ग्यास अनुसन्धान प्रमुख नाथन पाइपरले बताएका छन् ।

    पाइपरले तेलको मूल्यमा अत्यधिक वृद्धि र श्रीलंकासँग विदेशी सटही जगेडा कम भएका कारण तेल बिक्री वितरणमाथि प्रतिबन्ध लगाउनु परेको बताएका छन् । यस टापु राष्ट्रका अधिकांश जनता इन्धन बिनाको जीवनयापन कसरी सामना गर्ने भन्ने बारे अनभिज्ञ छन् । केही महिनादेखि श्रीलंकाका सम्पूर्ण पेट्रोल पम्पमा तेल लिनेहरूको लामो लाइनहरू देखिन थालेका थिए ।

    राजधानी कोलम्बोमा ट्याक्सी चलाउँदै आएका २९ वर्षीय चिन्थाका कुमाराले तेल बिक्री प्रतिबन्धले धेरै मानिसलाई समस्या हुने तथा दिनहुँ मजदुरी गर्ने आफू तेलका लागि तीन दिनदेखि लाइनमा बसिरहेको र अझै कहिले तेल पाउने थाहा नभएको बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑