वीरगंज । झापा बिर्तामोड नगरपालिका बस्ने वर्ष १३ की बालिकालाई भारततर्फ लैजान खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको मजतपुर घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा न.–५ मूर्तिचोकमा डेरा गरी बस्ने वर्ष २३ को हिराकुमार सहनी र बारा जिल्लाको कोल्वी नगरपालिका वडा नं.–४ सपही बस्ने वर्ष १९ की शिरिषा सिंह महथालाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको हो । उनीहरूले मोरङ विराटनगर महानगरपालिका वडा नं.–१५ भन्सार कार्यालयको २ नम्बर ढाट सीमाक्षेत्रबाट निज नाबालिकालाई ललाईफकाई भारततर्फ बेचबिखनको उद्देश्यले लाँदै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकालाई मोरङ जिल्ला अदालतबाट मानब वेचबिखन तथा ओसारपसार मुद्दामा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।