• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    त्रिदेशीय टी-२० क्रिकेटको उपाधि नेपालले जित्यो

  • वीरगंज संजाल
  • Jun 15, 2022, 6:55 pm
  • २३४९

    वीरगंज | फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमात्र जोड्न सक्यो । यो सन्दीपको कप्तानीमा नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।पीएनजीका सेसे बाउले अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जितसम्म डोहोर्‍याउन सकेनन् । बाउले ३८ बलमा एक चौका र ६ छक्कासहित ५९ रन बनाए ।

    यसबाहेक पीएनजीको खातामा ओपनर चार्ल्स एमिनीले १५ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रले सर्वाधिक चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा मात्र १८ रन खर्चिए । टि(२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो उत्कृष्ट बलिङ फिगर हो । यसअघि उनले चार विकेट लिँदा २१ रन खर्चिएका थिए ।यसबाहेक करण केसीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । करणले तीन ओभरमा २७ रन खर्चिंदा सन्दीपले चार ओभरमा २५ रन दिए । यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित पीएनजीविरुद्ध १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल तयार गरेको थियो । नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाएका थिए । उनले ३८ बलमा पाँच चौका प्रहार गरे ।

    नेपालले स्कोरबोर्डमा ४४ रन जोड्दा दुई विकेट गुमाएको नेपालले ८२ रनमै तेस्रो, चौथो र पाँचौ विकेट गुमाएको थियो । यस्तै, नेपालले एक सय १४ रनमा छैटौं विकेट गुमाएको थियो ।नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २५ रन र २९ रनमा आउट भएका थिए । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितकुमार पौडेल दुई रनमा आउट हुदाँ दिलिप नाथ र आरिफ शेख डकआउट भएका थिए ।यसबाहेक, आक्रामक ब्याटिङ गरेका करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन जोडे । पीएनजीका सेमो कामेआले तीन विकेट लिदाँ चाड सोपेर, काबुआ मोरेअ, रिले हाकुरेले समान एक विकेट हात पारे ।शृंखलामा नेपाल, पीएनजी र मलेसिया सहभागी थिए । टी-२० शृंखलाअघि नेपालले पिएनजीसँग दुई एकदिवसीय खेलको शृंखला खेलेको थियो । उक्त शृंखला पिएनजीले ‘क्लिन स्विप’ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑