काठमाडौं। बिहीबार राति अस्पतालबाट ‘डिस्चार्ज’ भएका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन प्रधानमन्त्री निवास बालुवाटारबाट नियमित काम गर्ने भएका छन् ।बुधबार र बिहीबार गरी दुईपटक ‘हेमोडायलासिस’ गराएका प्रधानमन्त्री ओली अब सार्वजनिक कार्यक्रममासमेत कम जाने बताइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले उनको स्वास्थ्य अवस्था ठीक भएको र अब दौडधुपको कार्यक्रम कम गराउँदै लैजाने जानकारी दिए ।प्रधानमन्त्रीले बालुवाटारबाट नै नियमित कामहरु अघि बढाउनेसमेत डा. अर्यालले जानकारी दिए ।