वीरगंज । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ८.५०% बोनस सेयर दिने निर्णय गरेको हो ।
बैंकले बोनसमा लाग्ने कर तिर्न ०.४५% नगद लाभांश पनि वितरण गर्ने बताएको छ । उक्त बोनस राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण गरिने कम्पनीले बताएको छ ।