जनकपुर । धनुषा जिल्ला प्रशासन कार्यालयले आगामी आइतबारसम्मको लागि जनकपुर परिक्रमा क्षेत्रभित्र माछामासु र मदिरा सेवन तथा बिक्रीवितरणमा रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदिप कँडेलले आज सूचना जारी गरी चार दिनसम्म माछामासु र मदिरा निषेध गरिएको जनाएका छन् । सामान्य प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम जारी गरिएको सूचनाविपरीत गर्नेलाई कानुनबमोजिम कारबाही गरिने प्रजिअ कँडेलले चेतावनी दिए ।