काठमाडौं । उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालनमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस सकिएको छ । उनी आजै बालुवाटार फर्किने भएका छन् ।प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिती बुझ्न नेकपा अध्यक्ष प्रचण्ड अस्पताल पुगेका थिए ।
अस्पताल प्रशासनले प्रचण्डलाई प्रधानमन्त्रीको स्वास्थ्य स्थितीवारे जानकारी दिँदै संक्रमण नभएको जानकारी दिएको थियो ।अध्यक्ष प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीको आजै डिस्चार्ज हुने र बालुवाटार फर्किने जानकारी दिए ।