• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मंसिरमा आम निर्वाचन, ७ जिल्लामा विद्युतीय मतदानको प्रस्ताव

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७९, शुक्रबार ०६:५७
  • २८६१

    बिरगंज । निर्वाचन आयोगले ढिलोमा आगामी १० मंसिर भित्र मतदान सक्नेगरी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको अनौपचारिक तयारी थालेको छ । २१ मंसीर २०७९ मा प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुको पदावधि सकिने भएकाले त्यसअघि नै नयाँ सांसद निर्वाचित हुनेगरी आयोगले आन्तरिक तयारी थालेको हो ।

    ‘दुई चरणमा भए ढिलोमा मंसिर १० गतेभित्र, एकै चरणमा भए त्यसअघि सकिने गरी निर्वाचनको तयारी गर्नुपर्ने देखिन्छ’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘कानून अनुसार हेर्दा २२ मंसिरपछि अहिलेका सांसदहरु (प्रतिनिधि सभा र प्रदेश सभा)को पदावधि सकिन्छ । त्यसभन्दा अघि नै नतिजा आउने गरी निर्वाचन हुनुपर्ने देखिन्छ ।’

    निर्वाचन आयोगका अर्का आयुक्तका अनुसार अहिलेसम्म पदाधिकारीहरुको बैठकमा औपचारिक रुपमा आगामी निर्वाचनका बारेमा छलफल सुरु भएको छैन । अनौपचारिक रुपमा भने दशैंतिहार लगत्तै निर्वाचन गर्नुपर्नेवारे छलफल भएको उनी बताउँछन् ।

    २२ मंसिरपछि अहिलेको प्रतिनिधि सभा र प्रदेश सभाको अवधि सकिने, त्योभन्दा ज्यादा अघि पनि दशैंतिहार जस्ता चाडवाड पर्ने भएकाले मंसिर लागेपछि १०/१२ गतेभित्र निर्वाचन हुनेगरी आयोगले तयारी थालेको हो । १० मंसिरपछि निर्वाचन गर्दा हिमाली जिल्लामा हिमपात भएर कठिनाई हुने अनि सांसदहरुको पदावधिसमेत सकिएर रिक्तताको अवस्था आउने भएकाले ढिलोमा १० मंसिरको समय सीमामाथि छलफल हुने आयोगका कर्मचारीहरुको भनाइ छ ।

    एक चरण कि दुई चरण ?

    स्थानीय निर्वाचनमा बाजुराको बुढीगंगा नगरपालिकाको १० मतदानस्थल सहित देशभर ८५ ठाउँमा निर्वाचन स्थगित भएर पछि मतदान भएको हो । निर्वाचन आयोगले आफ्नो कारणले नभएर सुरक्षा व्यवस्थाको त्रुटी वा कमजोरीका कारणले सबै केन्द्रमा मतदान अबरुद्ध भएको निष्कर्ष निकालेको छ ।

    आयोगका एक पदाधिकारीका अनुसार, एकैचोटी वा दुई चरणमा निर्वाचन गराउनुपर्ने भन्नेवारे सिफारिस गर्नुअघि आयोगले सुरक्षा र गृह प्रशासनका अधिकारीहरुसँग छलफल गर्ने तयारी गरेको छ । ‘आगामी निर्वाचनमा अहिलेको स्थानीय निर्वाचनमा झै सुरक्षा त्रुटी र कमजोरी नहुने सुनिश्चित गर्ने हो भने एकै चरणमा निर्वाचन गराउन आयोग सक्षम छ’ ती पदाधिकारीले भने, ‘होइन भने आयोगले अनावश्यक आलोचना र बदनामी खेप्नुभन्दा दुई चरणमा निर्वाचन गरौं भनेर सिफारिस हुनेछ ।’

    निर्वाचन आयोगले अहिलेसम्म स्थानीय तहको निर्वाचन टुंग्याउन सकेको छैन । बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित भएको मतदानको अर्को मिति तोकिन बाँकी छ । देशभर खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले निर्वाचनको नतिजा सकिएपछिको प्रतिवेदन बुझाउन थालेका छैनन् । अहिले देशभर जिल्ला समन्वय समितिको निर्वाचन चलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑