काठमाडौं । सरकारले सामुदायिक विद्यालय र सामुदयिक अस्पतालमा जडित इन्टरनेट सेवामा ५० प्रतिशत शुल्क छुट दिने भएको छ ।
त्यस्तै दूर्गम क्षेत्रका अस्पतालमा गुणस्तरीय टेलिमेडिसिन सेवा उपलब्ध गराउन आवश्यक प्रविधिको व्यवस्था गर्ने पनि आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।