• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

  • वीरगंज संजाल
  • Sep 17, 2026, 5:22 pm
  • ०

    वीरगन्ज | वीरगन्जमा सडक विस्तारको क्रममा रहेको मेनरोड (मुख्य सडक) क्षेत्रलाई केबलरहित बनाउँदै विद्युत, खानेपानी र टेलिकमका संरचना (पाइप) भूमिगत गर्न महानगरपालिकाले पहल थालेको छ ।

    वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको सरोकारवाला निकायसहितको बैठकले विस्तारका क्रममा रहेको मुख्य सडक निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिँदा विद्युत, खानेपानी, टेलिकम तथा केबल नेटवर्क (तार)लाई भूमिगत रूपमा समेटेर एकीकृत डिजाइन, इस्टिमेट र कार्यान्वयनको व्यवस्था मिलाउन सडक डिभिजन कार्यालय हेटौँडालाई अनुरोध गर्ने निर्णय गरेको हो ।

    यसअघि तयार गरिएको डीपीआरमा समेत खानेपानी, विद्युत् र केबल नेटवर्कलाई भूमिगत बनाउने व्यवस्था समेटिएको थियो । त्यही व्यवस्थालाई आधार बनाएर सडक निर्माणसँगै आवश्यक पूर्वाधारको एकीकृत व्यवस्थापन गरिने मेयर सिंहले बताऐ । यसबाट सडक निर्माणपछि पटक–पटक सडक खन्नुपर्ने अवस्था अन्त्य हुनुका साथै मुख्य सडक व्यवस्थित र सुरक्षित हुने उनले बताए ।

    यसैबीच, मेनरोड विस्तारका क्रममा मुख्य सडक सीमाक्षेत्रभित्र रहेका खानेपानी, विद्युत, टेलिकमलगायतका निकायका संरचना व्यवस्थापन गर्न पनि बैठकले सडक डिभिजन कार्यालयसंग आग्रह गरेको छ । ती संरचना हटाउने क्रममा सडक तथा नाला क्षेत्रमा थुप्रिएको फोहोर र निर्माणजन्य सामग्रीका कारण कतिपय स्थानमा नाला अवरुद्ध भएकाले तत्काल सरसफाइ गर्नसमेत महानगरपालिकाले अनुरोध गरेको छ ।

    महानगरपालिकाले सडक तथा नाला क्षेत्रमा थुप्रिएका फोहोर र निर्माण सामग्री तत्काल हटाई आवश्यक सरसफाइको व्यवस्था मिलाउन सडक डिभिजन कार्यालय हेटौँडालाई बिहीबार नै पत्राचार पनि गरेको छ । वर्षा याममा फोहोरका कारण पानीको निकास प्रभावित हुन सक्ने तथा लामखुट्टेको प्रकोप र संक्रमणजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले सरसफाइलाई प्राथमिकता दिइएको महानगरपालिकाले जनाएको छ ।

    दसैं र तिहार लगायतका चाडपर्वसमेत नजिकिँदै गएको अवस्थामा महानगर क्षेत्रको स्वच्छता, सरसफाइ र जनस्वास्थ्यलाई ध्यानमा राख्दै सडक विस्तारसँगै फोहोर व्यवस्थापनको कामलाई अघि बढाइएको मेयर सिंहले बताए । सरसफाइ तथा संरचना व्यवस्थापनका क्रममा आवश्यक समन्वय र सहकार्य गर्न महानगरपालिका तयार रहेको उनले बताए ।

    बैठकमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा, सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर दुर्गाप्रसाद, नेपाल विद्युत् प्राधिकरण वीरगंजका निर्मल कुमार फौजदार, नेपाल टेलिकम वीरगन्जका प्रमुख इन्जिनियर दिलिप कुमार बर्मा र खानेपानी संस्थान वीरगन्जका प्रमुख मोहनदत्त भट्टलगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
  • सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप
  • संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

    वीरगञ्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    News

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    News

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑