काठमाडौं । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारविरुद्ध नारा लगाएका थिए ।
नेपाल आयल निगमले सोमबार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि गरेको थियो । ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो ।