काठमाडौं । सरकारले हवाई सेवाको विस्तार गरी सुरक्षित र गुणस्तरीय बनाउने बताएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हवाई सेवा कम्पनीहरूलाई काठमाडौं बाहिरबाट समेत उडान गर्न प्रोत्साहित गरिने बताइन् ।
आर्थिक वर्ष २०८०/८१ देखि निर्माणकार्य सुरु गर्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी तथा निर्माणको ढाँचा टुंगो लगाइने उनले उल्लेख गरिन् ।
निर्माण सम्पन्न भएका क्षेत्रीय विमास्थलहरू सञ्चालनमा ल्याउन आवश्यक प्रबन्ध मिलाउने, भएका विमानस्थलहरूमा सुविधाजनक टर्मिनल निर्माणकार्य सुरु गरिने पनि बताइन् ।