इटहरी | ईलाका प्रहरी कार्यालय इटहरीले हराएको तथा चोरी भएको सामसुन, आईफोन, ओपोलगायतका विभिन्न ब्राण्डका मोबाइल सम्बन्धी धनिलाई वितरण गरेको छ ।इटहरीबाट यही कात्तिक ९ गतेसम्म हराएको तथा चोरी भएको मोबाइल खोजतलासका क्रममा प्रहरीले २७ थान विभिन्न ब्राण्डका मोबाइलहरु फेला पारेको थियो । जसमध्ये २४ थान मोबाइल प्रहरी नायव उपरीक्षक धर्म राज भण्डारीले सम्बन्धीन व्यक्तिलाई वितरण गरेका छन् ।
वितरण गरिएको मोबाइलहरुको हालको बजार मूल्य ६ लाख ६१ हजार रहेको ईलाका प्रहरी इटहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।साथै अनुसन्धानको क्रममा पक्राउ परेका तीन जना व्यक्तिहरुले विभिन्न स्थानबाट तीन थान मोबाइल चोरी गरेको र उनीहरुलाई चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मान प्रसाद श्रेष्ठले बताए ।