सोमबार नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’को पहिलो सत्र ‘घर : सोच र शिक्षाको शृंखला’मा मनोविद् ज्ञवालीले अनुकूल अवस्थामा मात्रै बढी ध्यान दिएको तर प्रतिकूल अवस्थालाई कसरी जितेर अगाडि बढ्ने भन्नेबारे नसिकाइने बताए ।
‘प्रतिकूल अवस्थालाई जितेर अगाडि बढ्न सक्ने गरी हाम्रो शिक्षाले सिकएको छैन । हाम्रोमा सन्तान अनुत्तीर्ण भए गाली गर्ने प्रवृत्ति बढी छ,’ उनले भने ।
भविष्यमा आफ्ना सन्तान सफल हुँदैनन् कि भन्ने डर अभिभावकमा भएको उनले बताए । ‘ भोलि कुनै स्टेजमा हाम्रा सन्तान बोल्न सक्दैनन् कि भनेर हामी डराउँछौं । ठूलो होडिङ्ग बोर्डमा आफ्ना सन्तानको फोटो आउँदैन कि भनेर हामी डराउँछौं,’ उनले भने, ‘बालिकाको आत्महत्याको दर बालकको तुलनामा बढी छ । झन्डै दोब्बर छ । यो एकदम सिरियस इस्यु पनि हो ।’