पाकिस्तानका प्रधानमन्त्री पदको दौडमा शहबाज शरिफ र शाह महमूद कुरैशी आमने–सामने भएका छन् । संयुक्त विपक्षले शाहबाज शरिफलाई आफ्नो उम्मेद्वार बनाएको छ, यस्तै पाकिस्तान तहरिक–ए–इंसाफले शाह महमूद कुरैशीलाई आफ्नो उम्मेद्वारको रुपमा प्रस्तुत गरेको छ ।
पाकिस्तानमा नयाँ प्रधानमन्त्रीको चुनाव सोमबार भइरहेको छ । यसअघि पाकिस्तान संसदमा अविश्वास प्रस्तावको भोटिङमा इमरान खानको पार्टीको हार भएको छ । इमरानविरुद्ध १७४ भोट परेको थियो ।
पाकिस्तानको सर्वोच्च अदालतले अविश्वास प्रस्ताव खारेज गर्ने उप–सभामुखको निर्णयलाई रद्द गरेको छ । सर्वोच्च अदालतले त्यसपछि संसद्मा अविश्वासको प्रस्तावमाथि मतदान गर्न आदेश दिएको थियो ।