• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘नयाँ वर्षमा दराजमा थुप्रै नयाँ सामान, छुट र अफर छ’

  • वीरगंज संजाल
  • २५ चैत्र २०७८, शुक्रबार १७:२९
  • २६०१

    नेपालमा अनलाइन बजारहरू धमाधम खुलिरहेका छन्। कोरोना महामारीयता इकमर्सको विस्तार झनै तीव्र भयो। इकमर्समा पनि नेपालकै पुरानो र ठूलो मध्येको दराजले बजारमा बलियो पकड राखेको छ।

    कम्पनीले किनमेलको आकर्षण बढाउन विभिन्न समयमा नयाँ योजना र सुविधाहरू ल्याइरहेको हुन्छ। अब नयाँ वर्षका लागि पनि कम्पनीले नयाँ योजना र सुविधा ल्याउँदै छ।

    यसै सन्दर्भमा नेपाली परिवेशमा इमकर्सको बजार अवस्था, दराजको प्रभावकारिता र सेवा-सुविधाबारे कम्पनीका चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेलसँग गरेको कुराकानीको सम्पादित अंशः

    अहिले इकमर्स बजारको अवस्था कस्तो छ? दराजमा यसको प्रभाव कस्तो पर्‍यो?

    हामीले दराजको अवस्था हेर्दा यसको वार्षिक बृद्धि नियाल्छौं। पछिल्लो समयको तथ्यांक हेर्दा हामीले तीन गुणाभन्दा बढीको वार्षिक वृद्धि पाएका छौं। लकडाउनले केही महिना व्यवसायमा असर पक्कै ल्यायो। तर लकडाउनले हामीलाई धेरै नयाँ अवसरको बाटो सिर्जना गरिदियो।

    पछिल्लो दुई वर्षमा हाम्रो उपभोक्तामा धेरै व्यवहारिक परिवर्तन आएको छ। इकमर्स बजारको अवस्था समग्रमा भन्दा यो व्यवसाय दिनानुदिन बढ्दै गइरहेको छ।

    Euro
    नेपाली ग्राहकलाई अनलाइन बजारसम्म ल्याउने चुनौतीहरू केके हुन्? पछिल्लो समय यसमा कस्तो परिवर्तन र बृद्धि भएको छ?

    नेपाली ग्राहकलाई दराजको एप डाउनलोड गराउन सबभन्दा ठूलो चुनौती हो। इन्टरनेटमा सजिलै पहुँच भए पनि हामीले ग्राहकलाई हाम्रो सेवा-सुविधाप्रति विश्वास दिलाउन त्यही सजिलो छैन। एप डाउनलोड गरेपछि पनि सामान छनोट गरेर, कार्टमा राखेर अनलाइनमार्फत सामान बिक्री गराउनु चुनौतीपूर्ण काम हो।

    हामीले दसैं क्यामपेन, नोभेम्बर ११-११ सेल्स क्याम्पेन, गिभअवे, डिस्काउन्ट कुपनहरू दिएर हाइप सिर्जना गर्दै आएका छौं। अब नयाँ वर्षको अवसरमा पनि हामीले ‘नव वर्ष २०७९ क्यामपेन’ सञ्चालनमा ल्याउँदै छौं। यो दसैंपछिको सबभन्दा ठूलो क्यामपेन हो। यस्तै हाम्रो ससानो निरन्तर प्रयासले पछिल्लो समयको हाम्रो चुनौतीलाई केही हदसम्म सहज पारेको छ।

    मान्छेहरूले विशेषगरी अनलाइनमा किन्ने भनेको के हो? सबभन्दा ठूलो बजार केको छ?

    दराजको अनलाइन प्लेटफर्ममा हामीले किराना सामानदेखि नयाँ गाडीसम्म किन्न पाउँछौं। मान्छेले विशेषगरी इलेक्ट्रोनिक, किराना, लुगाफाटा किन्ने गर्छन्। दराज मार्ट ‘डी-मार्ट’ मा धेरै जसो दैनिक प्रयोग हुने तेल, बिस्कुट, चामल जस्ता खानेकुराका परिकार, डाइपर, लेक्टोजेन जस्ता बच्चाका आवश्यक सामान धेरै बिक्छ। सिजनल सामान पनि धेरै बिक्री हुन्छ जस्तै, इलेक्ट्रोनिक सामान, फर्निचर, फ्रिज, डमबेल, आदि। जे बिक्री भए पनि ग्राहकको सन्तुष्टि नै हाम्रो प्रमुख प्राथमिकता हो।

    दराजमार्फत सामान बिक्रीका लागि ठूला कम्पनी र सुपरमार्केटहरूसँग सहकार्य गर्नुभएको छ। यसबाट कस्तो प्रतिक्रिया आएको छ? व्यापारमा कस्तो प्रभाव पर्‍यो?

    दराजमा ६ हजारभन्दा धेरै सक्रिय बिक्रता हुनुहुन्छ। सबैले आफ्नो सामान बिक्रीका लागि दराजमा राख्नुहुन्छ। नव वर्ष जस्ता ठूलो चाडलाई लक्षित क्यामपेनहरूमा हामीले ग्राहक सेवाका लागि विभिन्न कम्पनी र ब्रान्डसँग सहकार्य गर्ने गरेका छौं। हामीले डिस्काउन्ट, गिभअवे, अफर दिन राम्रो रेटिङ पाएका कम्पनीसँग सहकार्य गर्छौं।

    इलेक्ट्रोनिक सामान, मोबाइल, गाडीका कम्पनीले दराजकै लागि विशेष उत्पादन लन्च गर्ने गरेका छन्। क्यामपेनहरूमा सरकारी र निजी बैंकसँग सहकार्य गरेर पनि ग्राहकका लागि हामीले नगद छुट व्यवस्था गर्न सफल भएका छौं। दराज डिलमा सामान किनेका उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया आउने गरेको छ। र यसले गर्दा हामीले मूल्यवान ग्राहक पाउने गरेका छौं।

    दराजले उपभोक्ताले खोजेको सामान पठाउन नसकेको, अर्कै सामान पठाएको गुनासो बारम्बार आइरहेको हुन्छ। यसलाई सम्बोधन गर्न के गर्दै हुनुहुन्छ?

    अनलाइनबाट सामान किन्दा कसैलाई गतल सामान वा राम्रो सामान डेलिभरी नभएको खण्डमा हामीले त्यो सामान २४ घण्टाको अन्तरालमा फिर्ता पठाएर प्रतिस्थापन गर्छौं। गुनासो आएको बेलादेखि जतिसक्दो छिटो ग्राहकको गुनासो समाधान गर्नु हाम्रो अर्को ठूलो प्राथमिकता हो।

    ग्राहकलाई यस्तो समस्या नदोहोरियोस् भन्न हामीले बिक्रेताका लागि स्कोर कार्ड राखेका छौं। ग्राहकले उनीहरूले दिएको सेवाअनुसार बिक्रतालाई रेटिङ गर्न मिल्छ। थोरै रेटिङ आएका बिक्रेतालाई हामीले ट्र्याक गरेर समस्याको समाधान गर्ने गरेका छौं। ग्राहकले पनि कुनै सामान किन्नुअगाडि सामानका बारेमा राम्रो अनुसन्धान गरेर, बिक्रेताको रेटिङ हेरेर सामान किन्न हामी आग्रह गर्छौं। हाम्रो तर्फबाट हामीले जतिसक्दो यस्तो समस्या नदोहोर्‍याउने प्रयास गर्दै आएका छौं।

    अरू अनलाइन बजारले दराजलाई असर पारेका छन्?

    अझ पनि धेरै उपभोक्ता अनलाइन प्लेटफर्मबाट सामान किन्न सहज मान्दैनन्। यसकारण दराज र अन्य अनलाइन व्यवसायीहरू एउटै दौडमा छौं। ग्राहकलाई अनलाइन प्लेटफर्ममा ल्याउने र सहज तरिकाले अनलाइन सपिङ गर्ने वातावरण सिर्जना गर्ने, अन्य अनलाइन व्यवसायीसित पनि दराजले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहकार्य गरेर ग्राहकको सहजीकरणका लागि काम गरिरहेको हुन्छ।

    कुनै नयाँ व्यवसायी अनलाइनमा आउनु भनेको हाम्रो लागि प्रतिस्पर्धी होइन। यसले अनलाइन बजारमा गुणस्तर थप्न झनै मद्दत गर्छ। तर यदि कसैले कुनै विशेष प्रोडक्टको व्यापार गरिरहेको छ र हामीले भन्दा राम्रो र छिटो सेवा दिइरहेको छ भने त्यो ग्राहकको दृष्टिकोणले राम्रो हो। हामीले पनि छिटो उपभोक्तासम्म सामान पुर्‍याउन उनीहरूबाट सिकेर आफ्नो व्यवसायमा लागू गर्नुपर्छ। जब अधिकतम ग्राहक अनलाइनबाट सपिङ गर्न सहज हुन्छन् तब मात्र स्वस्थ प्रतिस्पर्धा सुरू हुनेछ।

    दराजले आगामी दिनमा उपभोक्ताका लागि के कस्ता योजना ल्याउँदैछ?

    दराजले आगामी दिनमा उपभोक्ताका लागि ल्याउने प्रमुख योजना भनेको नयाँ सेवा थप गर्दै लैजानु हो। हाम्रो लागि सबैभन्दा मुख्य प्राथमिकता भनेको हाम्रो उपभोक्ता हो। ग्राहकले खोजेका नेपालभित्र बाहिरका सामानलाई उहाँहरूको हातसम्म पुर्‍याउनु नै हाम्रो योजना हो। हामीले उनीहरूको माग कसरी पूरा गर्न सक्छौं र कसरी राम्रो सेवा दिन सक्छौं भन्ने हाम्रो जहिले चासेको विषय हुन्छ।

    नव वर्षलाई लक्षित गरेर हामीले कसरी हुन्छ उपभोक्ताका लागि भनेर धेरै भन्दा धेरै छुट, गिभअवे, प्रिमियम प्रोडक्ट दिन सक्छौं भन्ने बारेमा हामीले योजना बनाउँदैछौं। हामीले सिजनल सेल्स, एभ्री डे डिल्स जस्ता दैनिक र आवधिक रूपमा क्यामपेनहरू गरेर नयाँ सुविधा उपभोक्तामाझ पस्किँदै गइरहेका छौं र यो प्रयास निरन्तर जारी रहनेछ।

    नयाँ वर्षमा ग्राहकले दराजमा के नयाँ देख्न पाउनेछन्, के राम्रा देख्न पाउनेछन्?

    हामीले चैत २८ गतेदेखि बैशाख ७ गरेसम्म नव वर्षको क्याम्पेन सुरू गर्दैछौं। नव वर्षमा ग्राहकका लागि बैंक, कम्पनी, प्रोडक्टहरू सित सहकार्य गरेर नयाँ नयाँ उत्पादन सार्वजनिक, भारी छुट व्यवस्था गरेका छौं।

    यसपालि हाइलाइटका रूपमा याडियाको इलेक्ट्रिक स्कुटर गिभअवे गर्दैछौं। टिभी, मोबाइल, फ्रिज, फ्यान, कुलर जस्ता गर्मीका सामानमा डिलहरू लिएर आउँदैछौं। फर्निचरका सामान, नेपाली ब्रान्डका जुत्तादेखि लुगाफाटामा पनि थुप्रै छुट अफर उपभोक्ताले पाउने छन्।

    हाम्रा बैकिङ साझेदारहरूबाट विशेष नगद छुट व्यवस्था पनि छ। साथै दराजको भौचरहरू छन्। र यो सेल्स डिलहरू आगामी दिनमा पनि अरू विभिन्न क्यामपेनको माध्यमबाट उपभोक्ताले पाउनेछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑