काठमाडौं । नेपालका स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको आठौं राष्ट्रिय शिखर सम्मेलन चैत २७ गते आइतबारदेखि सुरु हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुने सम्मेलनमा देशभरबाट प्रतिनिधि वैज्ञानिकहरूको भौतिक तथा भर्चुअल उपस्थिति रहने परिषद्ले जनाएको छ ।
तीन दिनसम्म चल्ने सम्मेलनको औपचारिक उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गर्नेछन् ।