काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको बिकासका लागि सबै गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।
नेपाल व्यवस्थापन संघको आयोजनामा शुक्रबारबाट सुरु सीईओ सम्मेलन २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मुलुकलाई आत्मनिर्भर बनाउदै मुलुकको बिकासका लािग सवै गम्भीर भएर लाग्नुपर्ने बताएका हुन् ।
उनले आयातभन्दा पनि उत्पादन बृद्धि गरेर उचित बितरणमा लाग्नुपर्ने धारणा राखे । मन्त्री कार्कीले एसियामा नै मुलुकलाई समृद्ध मुलुकको सूचीमा पु¥याउने जनताको चाहनलाई पूरा गर्न सवै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलनको आयोजना गरिएको संघले जनाएको छ ।