गैर जिम्मेवार मेयर सरावगीलाई स्पष्टिकरण सोध्ने अध्यक्ष रामनरेश यादवको तयारी
वीरगंज संजाल
८ कार्तिक २०७६, शुक्रबार १२:५५
४५२३
वीरगंज | समाजवादी पार्टी पर्साको नाउँ राखेर गरिएको चियापान अवैधानिक भएको समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले बताएका छन् ।
सबैको सहमतिमा पार्टी समायोजन भइसकेको र पार्टीको तर्फबाट कार्तिक २ गते नै वीरगंजमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको उपस्थिती समेतमा भव्य चियापान र शुभकामना आदान–प्रदान कार्यक्रम भएको थियो ।
सो कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी सहभागि नभएको तर मुठ्ठीभर पार्टीको हितविपरित परिचालित झुण्डले आयोजना गरेको चियापानमा सहभागि भएर समाजवादी पार्टी पर्सामा विभाजन ल्याउने प्रयास गरेको मेयर सरावगी माथि आरोप लागेको छ ।
मेयर सरावगीले पार्टी अध्यक्ष उपेन्द्र यादव समक्ष नेपाली कांग्रेस र नेकपा पर्साका नेताहरु आफ्नो खल्तीमा भएको र उनीहरुबाट भरपुर सहयोग प्राप्त भइरहेको र आफ्नै पार्टीका जिम्मेवार नेताहरुबाट सहयोग प्राप्त नभएको गुनासो पटक–पटक गर्दै आएका छन् ।
यस सन्दर्भमा समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवसंग बुझ्दा मेयर बिजय सरावगी लगायतका गैर जिम्मेवार व्यक्तिहरुलाई स्पष्टिकरण सोध्ने सचेत गराउने काममा आफु लागिपरेको बताउनु भयो ।