बिरगंज । बिरगंज महानगरपालिक वडा नम्बर १० का युवा नेता अजय कुमार गुप्ताको नेतृत्वमा २०० जनाले बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन ।
मंगलबार बिरगंजमा आयोजित बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा युवा नेता गुप्ताको पहलमा मोटरसाइकल र्याली सहित आएका नेता तथा बिभिन्न पार्टीका कार्यकर्ताहरुले एमालेमा प्रवेश गरेका छन ।
नव प्रवेशिहरुलाई एमालेका अध्यक्ष तथा पूर्वप्रधानमंत्री केपी शर्मा ओलीले माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।स्थानीय तहको निर्वाचन नजिकिएसंगै पर्सामा निर्वाचित जनप्रतिनिधिहरु धमाधम पार्टी परिवर्तन गरी एमालेमा प्रवेश गर्न लगेका छन ।
साथै पहिला पनी नेता गुप्ताको पहलमा काठमाँड़ोको थापाथली स्थित एक होटेलमा गरिएको पार्टी प्रवेश कार्यक्रममा सायोंको संख्यामा युवाहरुले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको थिए ।
विगत केहि महिनादेखि पर्सा जिल्लामा जसपा लगायतका दलबाट नेकपा एमालेमा पार्टी प्रबेश गर्नेको लहर बढेको छ । बिशेष गरि युवा नेता गुप्ताको बिशेष पहलमा जनप्रतिनिधी तथा विभिन्न पार्टीका प्रतिनिधी, नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नेको लहर बढेको छ ।