प्रदर्शनको दोस्रो साता आइपुग्दा चलचित्र आरआरआरले विश्वभरमा ८०० सय करोडभन्दा धेरै व्यापार गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतबाट मात्रै चलचित्रले ५०० करोड बढी व्यापार गरेको छ।
प्रदर्शनको दोस्रो साताको पहिलो दिन शुक्रबार चलचित्रले २८ करोड कमाएको थियो। प्रदर्शनको दोस्रो सातामा पनि यो चलचित्र हेर्ने दर्शकको भीड चलचित्र हलहरुमा रहेको देखिएको छ। चलचित्र विश्वभरका ८ हजार पर्दामा प्रदर्शन भइरहेकाे छ।
यो चलचित्रलाई भारतका प्रसिद्ध निर्देशक एसएस राजामौलीले निर्देशन गरेका हुन्। चलचित्रमा जुनियर एनटीआर र रामचरणको मुख्य भूमिका रहेको छ भने बलिउडका हस्ती अजय देवगण र आलिया भट्टको पनि भूमिका रहेको छ।