• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नियामक निकाय सेयरबजार मैत्री भएनन्

  • वीरगंज संजाल
  • २० चैत्र २०७८, आईतवार १५:११
  • ३०९३

    सेयर बजार भनेको नै जोखिमको व्यवसाय हो । यसमा जोखिम पनि बढी हुन्छ र फाइदा पनि बढी नै हुन्छ ।

    यतिबेला सेयर बजार उकालो लाग्न सकिरहेको छैन । सेयर बजार ओरालो लाग्ने र नेप्से घट्दो अवस्थामा छ । हुनत चैत महिनामम नेप्से त्यति धेरे बढ्ने मौसम होइन । । तर, पछिल्लो समयमा कतिपय कम्पनीले लाभांशको घोषणा गरिरहेका छन् । लाभांश घोषणा गरिसकेका कम्पनीहरूको लाभांश पनि विगतको भन्दा बढी नै छ । अधिकांश कम्पनीको सूचकांक पनि राम्रो नै रहेको देखिन्छ, तर पनि सेयर बजार उकालो लाग्न सकिरहेको छैन । यसमा कतै चलखेल त भइरहेको छैन ? निषेधाज्ञाको समयमा दिनमा नै २१ अर्बभन्दा बढीको कारोबार हुने गरि नेप्से ३२ सय अंक पार गरेको थियो ।
    तर, पछिल्लो समयमा सेयर बजार निरन्तर घटेको छ । नेप्से ३२ सय अंकबाट घटेर २२ सय अंकको हाराहारीसम्म पनि पुगिसकेको छ । त्यसो त कतिपयको भनाइमा नियामक निकायहरू सेयर बजारप्रति नकारात्मक रहेको कारण पनि सेयर बजारमा यस्तो अवश्था आएको हो । नियामक निकायहरू नकारात्मक भएको कारणले पनि सेयर बजार बढ्न सकेको हो भन्ने तर्क पुष्टि गर्ने विभिन्न आधार छन् । सेयर बजारमा नेप्से अलि उकालो लाग्यो कि नियामक निकायहरूको गिद्धे दृष्टि पर्ने गरेको आरोप धेरै अघिदेखिको हो । नेप्से ३२ सय अंक पार गरेपछि नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिमार्फत ४÷१२ को क्याप लगाइदिएपछि निरन्तर घटेको नेप्से उकालो लाग्न सकिरहेका छैनन् । नेप्से ओरालो लागिरहेका कारणले लगानीकर्ताहरू आत्तिनु, डराउनु स्वाभाविक पनि हो ।
    हुनत सेयर बजार घट्ने-बढ्ने क्रम भइरहने हो, तर पनि पछिल्लो समयमा नेप्से लगातार घटिरहेको कारणले नेप्से फेरि घट्ला कि भन्ने डरले लगानीकर्ताहरू लगानी गर्न डराइरहेको भने अवश्य छ । यो स्वाभाविक पनि हो । कुनै पनि क्षेत्रमा लगानी गर्दा लगानीकर्ताहरूले नाफा नै खोज्छन् । घाटा खानका लागि लगानी गर्दैनन् । सेयर बजारका लगानीकर्ताहरूले पनि नाफा नै खोज्छन् । तर, सेयर बजार सधैं घट्ने वा सधंै बढ्ने मात्र गर्दैन । सेयर बजारमा घट्ने–बढ्ने भइरहन्छ । अर्थात् घटेपछि बढ्छ पनि । लगानीकर्ताहरू डराउनु, आत्तिनुपर्ने अवस्था भने छैन । लगानीकर्ताहरूमा धैर्य गर्ने क्षमता पनि हुनुपर्छ ।
    सेयर बजारका कतिपय लगानीकर्ताको मनोविज्ञानलाई नियाल्ने हो भने धेरैजसो लगानीकर्ताहरूले बजार बढेका बेला, नेप्से उकालो लागेको बेला लगानी गर्ने गरेको देखिन्छ । नेप्सेमा हरियाली छायो भने कारोबार बढ्ने गरेको देखिन्छ । निषेधाज्ञामा भएको कारोबारले पनि यस्तै देखाएको थियो । नेप्से बढेको समयमा भोलि पनि बढ्छ कि भनेर लगानी गर्ने गरेका धेरै लगानीकर्ता छन् । कतिपय लगानीकर्ताहरू भने घटेको बेला लगानी नगरेको बताउँछन् । तर, वास्तवमा घटेको बेलामा सेयरमा लगानी गर्नुपर्दछ । यदि घटेको बेला फेरि घट्छ कि भनेर लगानी नगर्ने हो भने घटेको बजार कसरी बढ्छ । साथै, सेयर बजार उकालो लाग्नका लागि सेयर किन्ने लगानीकर्ताहरूको लर्को हुनुपर्दछ । घटेका बेला कतिपय सेयर बजारका ठूला लगानीकर्ताहरूले सेयर किन्ने गरेका छन् । कतिपय लगानीकर्ताहरूको भनाइमा घटेको बेला सेयर किन्ने कतिपय ठूलाबडा लगानीकर्ताहरू, जसले सेयर बजारलाई आफ्नो अनुकूल बनाउने क्षमता राख्छन्, त्यस्ता लगानीकर्ताले सेयर उठाउने गर्दछन् । त्यसो त होल्ड गर्ने क्षमता भएका लगानीकर्ताहरूले घटेको बेला सेयर खरिद गर्दा लगानी गर्न फाइदाजनक हुने देखिन्छ ।
    सेयर बजार बढेको बेला लगानीकर्ताहरू दंग हुन्छन्, कारण खोज्दैनन् ।

    तर, घटेको बेला हारगुहार गर्छन्, यसका कारणहरू खोतल्न थाल्छन् । नियामक निकायहरूलाइ दोष दिन थाल्छन् । तर, कतिपय अवस्थामा विभिन्न कारणले सेयर बजारमा असर पर्दछ । यसमा राजनीति, सरकारक कतिपय अवस्थामा सेयर बजारका नियामक निकायका नीतिनियम, तरलता आदि कारणहरूले पनि सेयर बजारमा असर गर्ने गरेको छ । पछिल्लो समयमा निरन्तर सेयर बजार ओरालो लागेको कारणमा कतिपयले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा व्यवस्था गरेको सेयर कर्जामा ४ करोड र १२ करोडको सीमालाई मानेका छन् भने कतिपयले अर्थमन्त्रीको हावा भरेर फुलेको बेलुन भन्ने भनाइलाई पनि मानेका छन् । सरकारले पनि सेयर बजारलाई उकास्न केही पहल गरेन भनेर सरकारको आलोचना पनि भइरहेको छ । सेयर बजारका बारेमा बेलाबेलामा अर्थमन्त्रीले राख्ने विचारले गर्दा सेयर बजारका लगानीकर्ताहरू सुनिश्चित हुन नसकिरहेका हो भन्ने पनि शंका छ । अहिलेको सरकार सेयर बजारमैत्री नभएको आरोप पनि सरकारलाई लाग्ने गरेको छ । यसरी, सरकार परिवर्तन, अर्थमन्त्रीको भनाइ, सरकार सेयर बजारमैत्री नभएमा विभिन्न राजनीतिक दलका नेताहरूको नकारात्मक अभिव्यक्ति, नियामक निकायको नीतिनियम, बैंकहरूको ब्याजदर, तरलता आदिले पनि सेयर बजारमा प्रभाव पार्ने गरेको भए पनि अहिले स्थानीय तहको निर्वाचन हुने भएका कारणले गर्दा लगानीकर्ताहरू हेर र पर्खको अवस्थामा रहेका देखिन्छ । तर, यस्तो अवस्था कहिलेसम्म रहने त ? सेयर बजारका लगानीकर्ताहरूमा आत्मबल बलियो हुनुपर्ने हो । सेयरमा लगानी गर्दा सचेत, सजग भएर लगानी गर्नुपर्ने, अरूको देखासिकी नगरी हल्लाको पछि नलागी लगानी गर्नुपर्ने हुन्छ । त्यसो त ३२ सय बिन्दु पार गरिसकेको नेप्से २५ सय बिन्दुको हाराहारीमा आए पनि न नियामक निकायहरूले नै ध्यान दिए, न सरकारले नै ध्यान ।
    अहिलेको अवस्थालाई हेरेर नेपाल राष्ट्र बैंकलाई सेयर बजारको खलनायक भनेर कतिपय लगानीकर्ताहरूले चित्रित गरे पनि बिमा समिति तथा धितोपत्र बोर्ड अनि नेप्से आफनै भूमिकमा पनि बजार घट्नुमा देखिन्छ । किनकि सेयर बजार अलि उकालो लाग्यो कि नियामक निकायहरूले केही न केही नीतिनियम, लगानीकर्ताहरूको टाउकामा थोपार्ने गर्ने गरेका छन् । त्यसैले नियामक निकायहरू जिम्मेवार नभइदिँदा सेयर बजारमा पटक पटक संकट आइरहेको छ ।
    सेयर बजार केही ओरालो लाग्यो कि लगानीकर्ताहरू डराउने, फेरि घट्छ कि भनेर घाटामा सेयर बेचेर सेयर बजारबाट बाहिरिने गर्दछन् । त्यसैले कतिपयले बजार घटाउन चलखेल गरेको भन्ने आरोप पनि छ । तर, बजार ओरालो लाग्दैमा लगानीकर्ताहरू बजारबाट बाहिरिनु हुदैैन । सेयर बजार घटेपछि बढ्छ पनि । नयाँ प्रवेश गरेका लगानीकर्ताहरू पनि आत्तिन आवश्यक छैन । छोटो अवधिका लगानीकर्ताहरूलाई केही बेफाइदाजस्तो देखिए पनि लामो अवधिका होल्डमा बस्ने लगानीकर्ताहरूका लागि फाइदाजनक नै हुन्छ । सेयर बजार भनेको नै जोखिमको व्यवसाय हो । यसमा जोखिम पनि बढी हुन्छ र फाइदा पनि बढी नै हुन्छ । तर, नियामक निकायहरूका हरेक कदम भने ध्यानपूर्वक नियाल्नु पर्दछ । नेपालमा नियामक निकायहरू सेयरबजारमैत्री छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑