वीरगन्ज | पछिल्लो समय हवाइजहाजमा यात्रा गर्ने यात्रीहरूको संख्या दिनदिनै बढिरहेको छ
आजभन्दा ४ वर्ष पहिले जहाजमा यात्रा गर्नेहरूको संख्या र अहिलेको यात्रा गर्नेहरूको संख्या तुलना गर्दा ठूलो अन्तर आउनेछ । यात्रु संख्या दोब्बर नै बढेको छ ।
हवाई उडान अहिले निकै फराकिलो बन्दै गएको छ । पछिल्लो समय जहाजमा यात्रा गर्नेहरूमा सबै वर्गका यात्रुहरू छन् । अहिले न धनी न गरिब, सबै प्रकारका यात्रुहरू छन् जहाजमा ।
जहाजमा यात्रा गर्नेहरूको संख्या बढ्दै जानुमा सहज र सरल भाडादर रहेको छ । कम सिट संख्याको तुलनमा ठूला तथा बढी सिट भएको जहाजको सञ्चालन खर्च कम हुँदा भाडादर पनि सरल हुन्छ ।
यतिमात्र हैन जहाजमा यात्रा गर्नेहरूको संख्या बढ्नुको कारणहरू खोज्ने हो भने निकै धेरै छन् ।
विशेषगरी समयको बचतका लागि प्रायःले सडकको विकल्पमा जहाज रोज्ने गरेको पाइन्छ । महामारीको समयमा पनि हवाई यात्रु बढ्नुको मुख्य कारण संक्रमणरहित उडान नै हो । यो हवाइ सेवा प्रदायकहरूका लागि खुशीको कुरा हो ।
डिजिटाइजेसनमा आकर्षण
बुद्ध एयरले एक दशकअघिदेखि अनलाइनमार्फत टिकट बुकिङको सुविधा दिइरहेको छ । पछिल्लो समय अनलाइन बुकिङमा ग्राहकको पनि आकर्षण बढ्दो रहेको बुद्ध एयरको अनुभव छ ।
अहिले बुद्ध एयरका करिब ८० प्रतिशतभन्दा बढी यात्रुहरूले अनलाइनमार्फत टिकट बुकिङ गरिरहेका छन् ।
अहिले मुलुकमा विभिन्न विद्युतीय भुक्तानी सेवाहरू आएका छन् । बैंकमा पनि अनलाइन प्रणालीमार्फत बचत तथा ऋणसम्बन्धी काम गर्न सकिन्छ । अनलाइनका प्रयोगकर्ता बढेसँगै अनलाइनमार्फत हवाइ टिकट बुकिङ गर्नेको संख्या पनि बढेको छ ।
यसका साथै बैंक, भुक्तानी सेवा प्रदायकहरूमा पनि पहुँच भएपछि अनलाइनमार्फत टिकट काट्नेको संख्या बढेको छ ।
अनलाइनमार्फत टिकट काट्दा भाडामा केही सहुलियत समेत पाइन्छ ।
हवाइ टिकट बुकिङमा अनलाइन आकर्षण बढेसँगै ट्राभल एजेन्सीमा जानेहरूको संख्या भने घट्दै गएको छ ।
पछिल्लो समय अत्याधिक ट्राफिक जाम, प्रदुषण जस्ता समस्याबाट जोगिन पनि अनलाइन रोज्नेहरूको संख्या बढ्दै गएको पाइन्छ ।
लोकप्रिय बन्दै मोबाइल एप
बुद्ध एयरले डिजिटाइजेसनलाई प्रोत्साहन गर्दै जाँदा उसको मोबाइल एप पनि लोकप्रिय बन्दै गएको छ ।
आजभन्दा एक दशक अघि बुद्ध एयरले मोबाइल एप सार्वजनिक गरेको थियो ।
एपमार्फत केही क्लीकमै हवाई टिकट लिन सकिन्छ । जसका कारण मोबाइल एप लोकप्रिय बन्दै गएको हो । मोबाइल एपमा ईसेवा, खल्ती, भिसा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेसका माध्यमबाट सजिलै भुक्तानी गर्न सकिन्छ ।
अहिलेसम्ममा बुद्ध एयरको मोबाइल एप २ लाखभन्दा बढी पटक डाउनलोड भएको छ ।
मोबाइल एपको सक्रिय प्रयोगकर्ता २५ हजारभन्दा बढी रहेको बुद्धको भनाइ छ ।
अर्थात बुद्ध एयरको मोबाइल एपको नियमित प्रयोगकर्ता नै २५ हजारभन्दा बढी छन् ।
मोबाइल एप लोकप्रिय हुनुमा हवाइ टिकट बुकिङमात्र कारण भने हैन । यस एपमार्फत यात्रु तथा यात्रुका साथीभाइ र आफन्तले आफ्नो मानिस (यात्रु) को फ्लाइट स्टाटस हेर्न पाउँछन् । अहिले कुन ठाउँमा जहाज पुगेको छ ? कति समयमा ल्याण्ड हुन्छ ? जस्ता कुराहरू समेत हेर्न मिल्छ ।
यस्तै एयरपोर्ट तथा उडानबारे जानकारी फ्लाइट स्टाटस’ मोबाइल एपमै हेर्न मिल्ने सुविधा बुद्ध एयरले दिएको छ ।
यी बाहेक बुद्ध एयरको मोबाइल एपमा अन्य थुप्रै फिचर्सहरू उपलब्ध छन् ।
बुद्ध एयरले नियमित प्रकाशन गर्दै आएको ‘यात्रा’ म्यागेजिन पनि मोबाइल एपमार्फत हेर्न मिल्नेछ ।
एपमार्फत अनलाइन तथा अफलाइन दुवै माध्यमबाट पढ्न सकिनेछ ।
ठूला जहाज विस्तारमा बुद्ध
अहिले हवाइ सेवा प्रदायकहरूको ध्यान ठूला जहाज ल्याउनेमा देखिन्छ । यससँगै सरल र सहज सेवालाई पनि यस्ता कम्पनीहरूले प्राथमिकतामा राखिरहेका छन् ।
ठूला जहाज उडान गर्नेमा बुद्ध एयर अग्रपंक्तिमा देखिन्छ । बुद्ध एयरले एटीआर–४२ र एटीआर–७२ जहाजहरू उडान गरिरहेको छ ।
हालसम्म १४ वटा एटीआर जहाजहरूलाई उडाइरहेको छ ।
समग्रमा हेर्दा मुलुकमा धेरै एटीआर जहाज भित्र्याउने कम्पनीहरूमध्ये बुद्ध एयर अग्रपंक्तिमै रहेको बुद्ध एयरका कम्युनिकेशन म्यानेजर दिपेन्द्र कर्ण बताउँछन् ।
दैनिक ९ हजार यात्रु उडाउँदै
पछिल्लो समय बुद्ध एयरले आक्रामक उडान गरिरहेको छ । हाल कम्पनीको जहाजमार्फत दैनिक ९ हजार यात्रुहरूले उडान गरिरहेका छन् । यस्तै दैनिक उडान १५० भन्दा बढी रहेको छ ।
बुद्ध एयरले हालै पोखराबाट अन्य ५ गन्तव्यमा सिधा उडान गर्दै आएको छ ।
पोखराबाट धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर र विराटनगरको सिधा उडान रहेको छ ।
निकट भविष्यमा भद्रपुरलगायत सबै गन्तव्यहरूलाई पोखरासँग सिधा उडान जोडने बुद्ध एयरको योजना रहेको छ ।