• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्यार्थी नेतृत्वको उमेर ३२ वर्ष तोक्दा नेविसंघमा चित्त दुखाई

  • वीरगंज संजाल
  • २ चैत्र २०७८, बुधबार ०३:१३
  • ५०७३

    काठमाडौँ | काठमाडौँ अघिल्लो पटक पनि तदर्थ समिति बनाएर निर्वाचन टारेको नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति बनाउन रस्साकस्सी छ।

    कांग्रेसका भित्रका गुटका नेतृत्व आफ्ना मान्छेलाई नेविसंघको नेतृत्वमा ल्याउन लागिपरेका छन्। कार्य सम्पादन समितिले नेविसंघमा उमेर हद ३२ बनाएपछि विद्यार्थी नेता बन्ने दाउमा रहेका केही नेता भने असन्तुष्ट छन्।

    २०६६ सालमा नेविसंघको तदर्थ समितिको अध्यक्षमा राजीव ढुङ्गानालाई बनाइयो। ६ महिनाभित्र महाधिवेशन गर्ने गरी समिति बनाइए पनि तीन पटकसम्म सोही तदर्थ समितिको म्याद थपियो तर, महाधिवेशन हुन सकेन। अहिले पनि निर्वाचन भन्दा तदर्थ समितिकै प्रयास भइरहेको छ पार्टीमा। तदर्थ समितिमा आउन चाहने विद्यार्थी नेताको लाइन पनि लामै छ।

    संस्थापन समूहबाट प्रेमराज जोशी, डुजाङ शेर्पा, नारायण पाण्डे, मनिष थापा, प्रेम शाही, सुमन केसीलगायत विद्यार्थी नेताहरू लबिङमा छन्।

    कृष्णप्रसाद सिटौला निकट सुशील भट्ट पनि अध्यक्षको लाइनमा उभिएका छन्। यस्तै संस्थापन इतर समूहबाट अध्यक्षमा सागर परियार, शिव रिमाल, नारायण पाण्डे प्रेमिका राना मगर लगायतका विद्यार्थी नेताहरू लबिङमा छन्।

    महामन्त्री पदका आकाङ्क्षीहरू पनि टन्नै छन्। संस्थापन इतर समूहबाट ताराबहादुर थापा महामन्त्रीको दौडमा छन्। उनी सुशील कोइराला सोसलिस्ट यूथ सर्कलका अध्यक्ष हुन्। महामन्त्रीमै संस्थापनका राज थेबेले आकाङ्क्षा राखेका छन्। उनी ताप्लेजुङबाट पार्टी महाधिवेशन प्रतिनिधिसमेत छन्।

    पूर्व केन्द्रीय सदस्यहरू गीता गुरुङ, पुनम भट्ट प्रेमिका राना मगर लगायत महिला विद्यार्थी नेताहरूले तदर्थ समितिको नेतृत्वमा महिला ल्याउन ध्यानाकर्षण गराएका छन्।

    पूर्व केन्द्रीय सदस्य तथा इलामबाट कांग्रेस महासमिति सदस्य रहेकी प्रेमिका राना मगरले स्थानीय तहको निर्वाचनको मुखमा नेतृत्व किन मौन रहेको भनेर प्रश्न गरेकी छिन्। विद्यार्थी सङ्गठनको नेतृत्व दिन ढिलाइ गरे हार्ने अवस्था आउने उनले चेतावनी दिइन्।

    जनमैत्री क्याम्पसको स्ववियु सभापति पङ्कज सुवेदी तत्काल नेविसंघमा नेतृत्व ल्याउन माग गर्छन्। ‘नेविसंघ खोइ? नेतृत्व खाली छ। नेविसंघलाई योग्य नेतृत्व दिइयोस्,’ उनले भने।

    उमेर हद लागू गराउँदा नेविसंघमा योगदान गरेका विद्यार्थीको योगदानको कदर हुनुपर्ने उनको भनाइ छ। ३२ वर्षे उमेर हदमा नेविसंघका पूर्व पदाधिकारी पनि असन्तुष्ट छन्।

    ‘म ३६ वर्षमा कोषाध्यक्ष भए। पार्टी मनलाग्दी हिसाबले चल्ने गर्नु हुँदैन। यो अन्याय भयो। हिजो ४०–४५ वर्ष उमेर हुने आज किन नहुने?’ नेविसंघका पूर्व कोषाध्यक्ष शिव रिमाल प्रश्न गर्छन्।

    नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डे नेविसंघको नेतृत्वमा को ल्याउने भन्ने बहस नै गलत दिशातर्फ गएको बताउँछन्।

    ‘योग्य नेतृत्व आउनुपर्छ। विधानको पालना गरेर नेतृत्व आउनुपर्छ। नियमित २–२ वर्षमा अधिवेशन हुने हो भने उमेर हद लागू गर्नुपर्ने अवस्था नै आउँदैन,’ उनले उकेरासँग भने।

    कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान नेविसंघ अध्यक्ष राजीव ढुङ्गाना छिट्टै नै तदर्थ समिति बन्ने बताउँछन्।

    ‘योगदान गरेका उपयुक्त व्यक्ति नेतृत्वमा आउँछन्,’ ढुङ्गानाले भने’उमेर हद लागू हुनुपर्छ भन्ने पक्षमा म पहिलेदेखि नै थिइन। समस्या उमेरमा होइन विधिमा आयो। २–२ वर्षमा महाधिवेशन हुने हो भने साथीहरूले ३० वर्ष भन्दा माथि बस्नुपर्ने अवस्था नै आउँदैन।’

    पार्टीको कार्यसम्पादन समितिले गरेको निर्णयमा टिप्पणी गर्न नमिल्ने उनले बताए। नेविसंघका पूर्व अध्यक्ष तथा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सबै भातृ संस्थाको नेतृत्व यथाशीघ्र चयन हुने बताउँछन्।

    ‘नेविसंघमात्र होइन सबै भातृ संस्थाको नेतृत्व टुङ्ग्याउने गृहकार्यमा छौँ, सबैको गुनासो सम्बोधन गर्ने प्रयासमा छौँ,’ शर्माले उकेरासँग भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑