• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सवारी लाइसेन्स लिन लाख खर्च !

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७८, शनिबार १५:३२
  • ३०३३

    नेचा सल्यान गाउँपालिका वडा नम्बर १ का भोजकुमार बस्नेतले मोटरसाइकल किनेको ३ वर्ष भयो । तर लाइसेन्स भने भर्खर हात पारेका छन् । उनले मोटरसाइकल किनेकै वर्ष कोभिडका कारण लाइसेन्सको काम बन्द भयो । जब खुल्यो एक वर्ष लगाएर लाइसेन्स बनाए । त्यो पनि भक्तपुरको जगातीबाट ।
    बस्नेत बाइकको लाइसेन्स बनाउनकै लागि १ लाख रुपैयाँ खर्च गरेको बताउँछन् । ‘तीन पटक ओहोर दोहार गरियो, कहिले जहाजमा त कहिले टाटा सुमोमा, आफन्त नभएकोले होटलमा खान-बस्नको चार्ज पनि महंगो नै तिर्नु पर्छ’ बस्नेतले पीडा सुनाउँदै भने, ‘यस क्रममा सबै हिसाब गर्दा मेरो लाइसेन्सकै लागि जम्मा ९६ हजार खर्च भएछ ।’
    माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ३ का उजिर कार्कीको पीडा पनि कम छैन । लाइसेन्स निकाल्नकै लागि उनी पनि ३ पटक काठमाडौं पुगे । एक पटक फारम भर्न, अर्को पटक लिखित परीक्षा दिन अनि अर्को पटक ट्रायल दिन उनी काठमाडौं गए । ‘गाडीमा लामो दूरीको बाटो हिँड्दा बान्ता लाग्ने भएर तीनै पटक हवाइ जहाजमा यात्रा गर्नुपर्‍यो’ कार्कीले भने, ‘प्लेन भाडा, होटल खर्च, सरकारलाई राजश्व र फर्म भर्ने र अन्य खर्च गरेर ९८ हजारभन्दा बढी खर्च भयो ।’
    बस्नेत र कार्की त प्रतिनिधि पात्र मात्र हुन् । यहाँ यातायात कार्यालयको इकाइ नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका नागरिकलाई सवारी साधनको लाइसेन्स बनाउन समयसँगै ठूलो रकम खर्च हुने गरेको छ ।
    पक्की सडकले जिल्ला सदरमुकामलाई जोडेको १० वर्ष बितिसक्दा पनि यातायात कार्यालयले इकाइ नाखोलिदिँदा लाइसेन्स बनाउन सहर धाउनु पर्ने बाध्यता यथावत रहेको छ । जिल्लामा १ हजार भन्दा धेरैको संख्यामा मोटर साइकल भित्रिए पनि ३० प्रतिशत चालकको इजाजत पत्र नै नभएको ट्राफिक कार्यालयले जनाएको छ ।
    ग्रामीण भेगमा कुद्ने मोटरसाइकल, टेम्पो, ट्रयाक्टर र सुमो गाडीका अधिकांश चालकको इजाजत पत्र नभएको ट्राफिक प्रहरीहरू बताउँछन् । सवारी साधनको इजाजत पत्र बनाउन तराईका जिल्ला वा काठमाडौं नै धाउनु पर्ने बाध्यताका कारण एउटा लाइसेन्स बनाउन एक लाखको हाराहारीमा खर्च हुने महाकुलुङ गाउँपालिकाका सुवास राई बताउँछन् ।
    ‘लाइसेन्स नभए प्रहरीले बाइक चलाउनै दिँदैन लाइसेन्स बनाउने कार्यालय जिल्लामा छैन । सहर जाँदा २ हजार पर्ने लाइसेन्सलाई लाख रुपैँया खर्च हुन्छ’ राईले दुखेसो पोख्दै भने । लाइसेन्स बनाउन मात्रै होइन ब्लुबुक नवीकरण र प्रदूषण जाँच प्रमाणपत्र लिन पनि तराई वा काठमाडौं नै जानुपर्ने बाध्यता हिमाली क्षेत्रका नागरिकलाई छ । यहाँका नागरिकहरू लाहान, इटहरी र काठमाडौं लगायत ठाउँमा गएर यातायात कार्यालयको सेव लिन बाध्य छन् ।
    गाउँ गाउँमा सडकको पहुँच विस्तार भएसँगै मोटरसाइकलका प्रयोगकर्ता बढेको तर धेरैको इजाजत पत्र भने नभएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण कटवालले बताए । ‘जिल्लामा ट्रायल सेन्टर नहुँदा लाइसेन्स बनाउन सम्भव छैन, हामीले व्यवहार भन्दा पनि कानुन हेर्ने हो’ जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण कटवालले भने, ‘
    लाइसेन्स दिने कार्यालय छैन, जरिवाना उठाउने, इजाजत पत्र नभएका चालकहरुबाट जरिवाना काट्दै छोड्नुको विकल्प ट्राफिक प्रहरीसँग छैन ।’
    यसरी बिना जरिवानाबाट मात्रै ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ७ महिनामा ४ लाख ३२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । ‘हामीले लाइसेन्स नभएकाहरुबाट ७ महिनाको अवधिमा ४ लाख ३२ हजार बढी रकम जरिवाना उठाएका छौं’ ट्राफिक प्रमुख कटवालले भने, ‘सवारी चेकिङलाई अझै प्रभावकारी बनाउछौं ।’
    तीन वर्षको अवधिमा जिल्लामा सवारी कारबाहीबाट मात्रै ४५ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये सबैभन्दा बढी रकम बिना लाइसेन्स सवारी कुदाउनेको जरिवानाको हिस्सा बढी छ ।
    त्यसो त बिना लाइसेन्स गाडी चलाउँदा जिल्लामा सवारी दुर्घटना बढ्दो छ । ग्रामीण सडकमा लाइसेन्स बिनाका चालकले गाडी चलाउँदा सडक दुर्घटना पनि बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
    ग्रामीण सडकमा पछिल्लो ३ वर्षमा ५७ वटा सवारी दुर्घटना भएका छन् । तीमध्ये बढी दुर्घटना ईजाजत पत्र नभएको चालकबाटै भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । अघिल्ला ३ वर्षको अवधिमा जिल्लामा सवारी दुर्घटनाबाट १० जनाको मृत्यु भएको छ भने ७४ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको ७ महिनामा २५ वटा सवारी दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । यस अवधिमा लाखौँका सवारी साधन क्षति भएका छन् ।
    प्रकाशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑